Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) का कारण अमेरिकामाथि अभूतपूर्व क्षति पुगेको बताएका छन्। राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकामाथि अहिलेसम्म भएका सबै खालका आक्रमणभन्दा कोभिड–१९ को प्रभाव घातक भएको हो।
ट्रम्पले महामारीले यस्तो स्वरूप लिनुमा चीन जिम्मेवार रहेको पुनःआरोप लगाएको कान्तिपुरको अनलाइन संस्करणले उल्लेख गरेको छ। राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा संवाददातालाई गर्दै आएको नियमित सम्बोधनका क्रममा ट्रम्पले कोभिड–१९ को प्रभावलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका हुन्।
राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा संवाददातालाई गर्दै आएको नियमित सम्बोधनका क्रममा ट्रम्पले कोभिड–१९ को प्रभावलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका हुन्। ट्रम्पका अनुसार दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक विमानले पर्ल हार्बरमा गरेको बमबारी र सन् २००१ मा न्युयोर्कस्थित ट्वीन टावरमा गरिएको आतंकवादी हमलाभन्दा पनि कोभिड–१९ को घातक देखिएको छ। प्रकाशन मिति–२०७७ साल बैशाख २६ गते शुक्रवार ।