Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। मोहनी रुपको बटरले पिएपछि दशा लाग्ने अल्कोहोलिक लभको कुरा जारी लकडाउनमा व्यापक चलेको छ। यो मोहनी रुपको अल्कोहोलिक लभ स्वभाविक गायनका गजबका गायक सीताराम पोखरेलको गायनको पछिल्लो गीतको दस्तावेज हो।
यो गीत गीतको बोलजस्तै ज्यादै अल्कोहोलिक रहेको छ। यो गीतमा गायक सीताराम पोखरेललाई गायिका मीना निरौलाले युगल गायनमा साथ दिएकी छन्। त्यसमाथि, अल्कोहोलिक यो गीतको भिडियोमा यी दुई युगल गायनका जोडीले अभिनय पनि गरेका छन्।
गीतको मोडलको रुपमा नंबरी नायिका प्रियंका कार्की तथा मोडल विनोद न्यौपानेको पनि अभिनय रहेको छ। नायिका तथा मोडलको अभिनयलाई पनि माथ खुवाउने नशालु अभिनय गायक सीताराम पोखरेलको रहेको छ। त्यस्तै मोहिनी अभिनय गायिका मीना निरौलाको पनि रहेको छ।
गायक र गायिकाको गायन तथा अभिनयमा नायिका तथा मोडलको अभिनय पनि नशा झरेजस्तो देखिएको छ। गायक सीताराम पोखरेलको यो अल्कोहोलिक लभमा यो लकडाउनमा रम्नेहरुको निक्कै भीड बढ्न थालेको पनि पाइन्छ।
दर्जनौ अत्यन्त राम्रा गीतका भिडियो बनाउंदैआएका गायक सीताराम पोखरेलको गायनको यो गीत तथा भिडियो टर्निङ प्वाइन्ट नै बनेको छ। निर्देशन सुव्रतराज आचार्यले गरेका हुन।