Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
ललितपुर । स्वदेशमा नै बसेर अर्गानिक खेती किसानी गर्न सकिन्छ भन्ने उदाहरण यतिखेर चापागाउँका महेश आचार्य देखिएका छन्। लाखौं युवाहरु रोजगारीको लागि परदेश हानिरहेको बखत महेश आचार्य भने अर्गानिक खेती किसानीमा नै लागेर सफल तरकारी व्यवसायी बनिसकेका छन्।
युट्युब हेरेको भरमा किटनाशक औषधि बनाउने देखि अर्गानिक खेती गर्न पनि सिकेको बताउने महेश आचार्यले यसैवाट राम्रो आय–आम्दानी गर्दैआएका छन्। यिनै सफल अर्गानिक तरकारीका व्यवसायी महेश आचार्य योङ पिकासो कम्युनिटी आर्ट स्कुलका ख्यातिप्राप्त कलाकार अजय देसार बचपनदेखिका सहपाठी हुन।
बचपनका यी दुई सहपाठीको संयोजनमा अर्गानिक मल तथा अर्गानिक खेती गर्ने विषयमा सर्टमुबी नै बनाएका छन्। प्रस्तुत छ–योङ पिकासोको निर्माण तथा भिजन संसार डटकमको प्रस्तुतिमा तयार भएको अर्गानिक खेती संवन्धी सर्टमुबी-