Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
Skip to content
–बिमला कोइराला
२०७७ को उषारश्मीले
नौलो उमङ्ग लिएर आओस्
भष्म होउन अध्यारो द्वेष दुर्भाव
उज्यालो स्नेह सदभाव छाओस्
जहाँ रहोस् यो नेपाली मन
वन्धुत्वको गीत गुनगुनाओस्
हटोस् मिटोस् यो ब्याधीको कहर
निर्भय प्रशान्त मुस्कुराओस्
निर्वाध फूलोस् गुराँस झै नेपाली मन
डाँफे झै स्वतन्त्र विश्व घुम्न पाओस्
सिम्रिक जस्तै गाढा दिगो अर्थतन्त्र आओस्
चन्द्र सुर्य झन्डा हाम्रो विश्वमा फर्फराओस्
आओस् नयाँ वर्ष आओस् समृद्धि बोकी आओस्
हजुरहरुको जीवनमा सधैं नयाँ वसन्त पलाओस् ?
।।। ।।।।।।।।।।।।।।।।।।हार्दिक हार्दिक शुभकामना सबैमा
प्रकाशन मिति–२०७७ साल बैशाख १ गते सोमवार ।
Post navigation