काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसवाट वच्न र वचाउन सरकारले जारी गरेको लकडाउनका कारण नेपालमा अपाङ्गता भएका व्यक्तिहरु बढी प्रभावित बन्न पुगेका छन्।
सरकारले दिने गरेको राहत पनि लिन जाने सक्ने अवस्थामा उनीहरु रहेका छैनन्। सरकार पनि उनीहरु रहेको घर–ठेगानामा पुगेर राहत दिन सकेका छैनन्। अझ दृष्टिविहिन अपाङ्गता भएकाहरुको हालत अझ नाजुक रहेको अपाङ्गता भएका अपाङ्गकर्मी काजीलाल श्रेष्ठको भनाई रहेको छ। यस विषम परिस्थितिमा आफूपनि अपाङ्गता भएको व्यक्ति भएतापनि लकडाउनको बर्तमान समयमा चारपाङ्ग्रे स्कुटर चलाएर भएपनि अपाङ्गता भएका व्यक्तिहरुको सहयोगमा पुग्ने गरेको बताएका छन्।
राहत नपाएर भोकभोकै परेका कतिपय अपाङ्गता भएका व्यक्तिहरुको घर–घरमा पुगेर आफूसंग भएको दाल–चामल–नून–तरकारी लगायतका राहत सामाग्री पुर्याइदिने कार्यमा दिनहुँजस्तो व्यस्त बनिरहेको काजीलालको भनाइ रहेको छ। यसरी राहत दिने कार्यमा आफूले ऋणपान गरेर भएपनि मानव सेवामा लागिरहेको बताउंदै लकडाउनको बर्तमान अवस्थामा कोही भोको नहोस् भनेर सदा भगवानसंग प्रार्थना गर्दै उनीहरुको सेवामा लाग्दैआएको पनि काजीलालले बताएका छन्। Contact to Mr.Kaji Lal Shrestha-Phone No.9851236801 / 9841360801
प्रस्तुत छ–अपाङ्ग मैत्री नेपालका अध्यक्ष समेत रहेका काजीलाल श्रेष्ठसंग भिजन संसार डटकमले गरेको भिडियो वार्ता