Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। नेपालमा लकडाउन भएको आज चौथो दिन पुगेको छ। चौथो दिन पुग्दा सरकारले अझ कडाइ गरेको छ। प्रहरीको अलावा सेनाको समेत सडकमा उपस्थिति देखिएपछि सर्वसाधारण अघिल्ला दिनमा जस्तो घरवाट वाहिर निस्कने हिम्मत गर्न सकेका छैनन्।
घरैमा बसेर कोरोनाभाइरसलाई परास्त गर्न लागेको देखिन्छ। सरकारको आज्ञा तथा निर्देशनलाई पालना गर्न सर्वसाधारणले कुनै कसर वांकी नराखेको पाइन्छ। अधिकांश सर्वसाधारण अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन नेपाली सेनाले पनि माइकिङ गर्दै सर्वसाधारणलाई सचेत बनाउने कार्य भैरहेको छ।
अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावतमा रोक लगाउन सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका छन्। सडकमा अत्यावश्यक वाहेक अरु सवारी साधन गुडेका छैनन् । हिजो अस्ति जस्तै लकडाउनको अवज्ञा गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिने प्रहरीले जनाएको छ।
लकडाउनको अवज्ञा गर्दै एम्बुलेन्स र खानेपानीका ट्याङ्करमा समेत यात्रु आवतजावत गर्न थालेपछि प्रहरीले त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गर्ने काम तीव्र बनाएको छ। अत्यावश्यक सेवा र वस्तु वाहेक अन्य आवतजावतलाई रोक लगाउन खटिएका प्रहरीहरु पनि कोरोनाको संक्रमणवट वच्न विहिवारवाट विशेष सावधानी अपनाइरहेका छन् ।
प्रहरीहरु पञ्जा र मास्क सहित ड्युटीमा खटिएका छन्। आवतजावत गर्ने यात्रु र सवारी साधनवाट करिब एक मिटरको दुरी कायम गर्दै प्रहरी ड्युटीमा रहेका छन् । प्रकाशन मिति–२०७६ साल चैत १४ गते शुक्रवार ।