Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। नेपाली गीत–संगीतको क्षेत्रमा पछिल्लो समय बोल्ड एण्ड व्युटीफुल गायिकाको रुपमा अत्यन्त चर्चा पाएकी सुशीला पाठकले नयाँ गीतको भिडियो रिलिज गरेकी छन्। सोमवार आयोजित गायिका पाठकको जन्मदिनको अवसर पारेर नयाँ गीत रिलिज भएको हो।
गीतको बोल नै यो केटीले मुस्कुराएर देशै खाने भई रहेको छ। बडा गजबको गीत बनेको गायिका पाठकको यस गीतमा गायिका थापा आफैले बेजोड अभिनय गरेकी छन्। जन्मदिनमा तामझामका साथमा निस्फिक्री खानपिन गरेर जन्मदिन मनाउने परम्पराभन्दा विलकुल फरक रहेर पत्रकारहरुमाझ नयाँ गीतको भिडियो रिलिज गरेर नयाँ कामको शुरुवात पनि गायिका पाठकवाट भएको छ।
सचिन थापाको भिडियो निर्देशन रहेको गीतको गीतकार शान्तिप्रिय तथा संगीतकार दीपक शर्मा रहेका छन्। गायिका थापाले आफ्नै युट्युब च्यानलवाट गीतको रिलिज गरेकी हुन्।