Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। मल्टीट्यालेन्ट निर्देशक उदय सुव्वाको पछिल्लो निर्देशन रहेको गहकिलो चलचित्र आरुषीको संपूर्ण छायांकन संपन्न भएको छ।
पूर्वी नेपालको इलाम, झापा, धनकुटा, तेह्रथुम र संखुवासभामा छायांकन भएको चलचित्र आरुषीको यतिखेर काठमाडौंमा सम्पादन भैरहेको छ। निर्देशक उदय सुव्वाका अनुसार चलचित्र आरुषीको सम्पादन पनि अन्तिम चरणमा पुगिसकेको छ। चाँडै डबिङमा जाने तर्खरमा रहेको चलचित्र आरुषीको अर्थ उज्यालो बन्दै गएको समय हो।
उज्यालोको क्रममा रहेको चलचित्र आरुषीको लिडिङ रोलमा कला राई र इशक राई रहेका छन्। साथमा सुनिल थापा, रमा लिम्बु, सुरबीर पण्डित, दमन रुपाखेती, रामचन्द्र अधिकारी, जीवन लिम्बू लगायत निर्देशक उदय सुव्वाको पनि विशेष भूमिका रहेको छ।
यही आउने नयां बर्ष २०७६ सालको जेठ १० गते रिलिज डेट तोकिएको यस चलचित्र आरुषीको कथावस्तु त्रिकोणात्मक प्रेमकथा रहेको छ।