काठमाडौं। मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेषा पोन्स डि लिओनले जितेकी छन्। उनले टप ५ मा थाइल्याण्ड, बेलारुस, युगाण्डा र जमैकाका सुन्दरीलाई पछि पार्दै ६८ औं मिस वर्ल्डको ताज पहिरिएकी हुन्।
चीनको सान्यामा आयोजित विशेष समारोहमा मिस वर्ल्ड २०१७ मानुषी चिल्लरले मेक्सीकोकी सुन्दरी भेनेषालाई ताज पहिराइन। त्यस्तै, फर्स्ट रनअप थाइल्याण्डकी सुन्दरी भइन।
नेपालबाट प्रतिनिधित्व गरेकी यो बर्षकी मिस नेपाल श्रृंखला खतिवडा भने टप १२ सम्म पुगेर आउट बनेकी छन्। मिस वर्ल्डको इतिहासमा मिस नेपाल टप १२ सम्म पुगेको यो पहिलो नै हो।