काठमाडौ। ख्वापा नाट्य समुहको प्रस्तुतिमा नाटक “हिउँको धुन” मञ्चन भएको छ । काठमाडौको बत्तिसपुतली स्थित शिल्पी थिएटरमा उक्त नाटक मञ्चन भएको हो।
नाटकमा ओलिभर धनाध्य परिवारको एक्लो छोरो हुन्छ। ऊ राम्रो र प्रतिष्ठित वकिल भएकाले सबैको प्रिय रहेको हुन्छ । सेरोइन र ओलिभर नजिकका साथी हुन्छन् जो एक अर्काको कुरा गर्न हिचकिचाउदैनन्। सेइरोन बालमन्दिरमा काम गर्छिन् भने त्यही नताली नाम गरेकी बालिका पनि बस्छे।
बाउ–आमा नभएकी टुहुरी नतालीलाई सेइरोनले आमा जस्तै गरेर राखेकी हुन्छे भने नतालीले भने सेइरोनलाई जुत्ता सिलाउने दिदी भन्दिन्छे । नतालीलाई मुटुको समस्या भएकोले ब्लड फेरिरहनु पर्ने हुन्छ । तर अकस्मात ब्लड बैकमा उसलाई मिल्ने ब्लड नपाए पछि सेइरोनले आलिभरलाई अदालत बाहिर कुरेर बस्छे । ओलिभर बाहिर आए पछि नतालीलाई ब्लड नभेटेको कुरा गर्छे।
नतालीको आफ्नो बाबा नभएकाले गर्दा ओभिरलाई बाबा भनेर अगाँलो मारिदिन्छे । ओलीभरलाई नतालीले बाबा भन्छु है नम्र स्वरमा भन्दा दर्शकहरु भावुक बनेका थिए । ओलिभरले अतालीलाई छोरी भन्छु भने पछि नताली खुशी देखिन्छे। सेइरन बाटोमा हिडिरहेका बेला ओलिभरकी मृत्यु भईसकेकी जेन जस्तै अनुहार गरेकी केटीलाई बाटोमा देख्छे र घिस्याँउदै घरमा ल्याउछे। जेन त मरेकी होइन ,ओलिभर तँलाई गाँडेको ठाउँमा गएको छ। यो भन्दा रेइचल अक्कनबक्क हुन्थे।
म जेन होईन म रेइचल हो भनेर पटक पटक भन्दा नि पत्याउदैनन्। ओलिभर र जेनको प्रेम कथा सुनाएपछि रेइचल र ओलिभरको विस्तारै प्रेम पर्न थाल्छ । उता नतालीलाई मुटुको डोनर नपाए पछि ओलिभरले मुटु दिन तयार भएको थाहा पाए पछि रेइचल धेरै रुन्छे । मुटु नतालीलाई दिदैछ भन्ने कुरा ओभिरका बुवालाई समेत थाहा दिएको हुदैन। अन्तत कथाले फरक मोड लिन्छ, ओलिभरले नतालीलाई मुटु दिने दिन बाबालाई इमेर्जेन्सी छ, हस्पिटल आउनु है बाबा भनेर बोलाउँछ।
यसो भनिरहदा दर्शकका आँखा रसाएका देखिन्थे । आफ्नो निर्णय तैले आफै गरिस मलाई एक बचन सोध्नु पर्दैन छोरा भनेर आलिभरलाई बाबाले सोध्दा ,आलिभरको जवाफ मैले छोरी नतालीलाई बचाउनु छ बाबा, मैले जेनलाई घुमाइसके अव नतालीलाई गुमाउन चाहान्न तर्क दिन्छन् । तिमी पनि त मेरो छोरो हौ, त्यसैले मेरो छोरो गुमाउन चाहान्न भन्दा नाटक हलमा निकै हुटिङ बर्सियो।
यस नाटकले आफ्नोपन र अनाथबालबालिको मनोविज्ञान कस्तो हुन्छ भन्ने प्रस्ट पारेको छ । निकै कारुणिक तथा बालमनोविज्ञानमा आधारित नाटकमा नतालीको भुमिकामा प्रस्तुत भएकी एन्जेलिना न्यौपानेको अभिनय निकै तारिफ योग्या थियो। नाटकलाई प्रदिप खड्गी ( पासा) ले निर्देशन गरेका हुन्।
हेमन तण्डुकार,दिपिका थापा ,प्रदिप नेपाल, सवनम चौधरी,अर्जुन बोहोरा,सुरज सुवेदी (भाइजन), विनोद पौडेल,आयन बिष्ट,अनिषा कोइराला ,सुसान्त तामाङ, विजय साप्कोटा ,अंकीत सुनार,शुरेन्द्र कटुवालको अभिनय रहेको छ । नाटकलाई संगीत तथा स्वर राजन थापाले दिएका छन् । नाटकलाई प्रविण खड्गीले लेखेका हुन्।
प्रकाशन मिति–२०७४ साल भाद्र ११ गते आइतवार ।