काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले महानगरपालिका स्थापनाको २४ औं महानगर दिवस मनाएको छ। तीन दिनसम्म उत्साहपूर्वक महानगर दिवसलाई महानगर महोत्सवका रुपमा मनाउने काठमाडौं महानगरपालिकाको निर्णयबमोजिम मंसीर २९ गते शनिवारवाट महानगर दिवस तथा महोत्सव मनाएको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको सभापतित्वमा भएको पहिलो दिनको कार्यक्रमको उदघाटन उप–प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलवाट भएको थियो। स्वागत भाषण काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले गरेकी थिइन्।

उदघाटन कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, संस्कृति–पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी, ३ नंबर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडे्ल, ३ नंबर प्रदेशकै पूर्वमन्त्री केशव स्थापित, सांसद राजेश शाक्य, बसन्त मानन्धर लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा काठमाडौं महानगरको अमूर्त सम्पदा मानिएको परम्परागत संस्कृतिका बाजागाजाका १ सय २१ जना बाजा गुरुहरुलाई जनही २५ हजारका दरले ऐतिहासिक रुपमा काठमाडौं महानगरपालिकाले सम्मान गरेको थियो।

पहिलो मेयर जनकमान श्रेष्ठलाई पनि अभिनन्दन गरिएको कार्यक्रममा जनही नगद ५० हजार सहित सुशासन पत्रकारिता गर्दैआएका १० जना पत्रकारहरुलाई पुरस्कृत गरिएको थियो।

पुरस्कृत हुने पत्रकारहरुमा नागरिक दैनिकबाट खिलक बुढाथोकी, कान्तिपुर दैनिकबाट दीपेन्द्रबहादुर बिष्ट, अन्नपूर्ण पोष्ट दैनिकबाट छेटु शेर्पा, नयाँ पत्रिका दैनिकबाट पुष्प ढुङ्गाना, अनलाइन खवरबाट रविन्द्र घिमिरे, १२ खरी अनलाइनबाट सुरञ्जन घिमिरे, एभिन्युज टेलिभिजनबाट रामशुभक महतो, उज्यालो एफ. एम. बाट सिल्भिया राजोपाध्याय, संस्थागत रुपमा नेवा एफ. एम. र सम्यक साप्ताहिकबाट सुगतरत्न सिन्धुराकार रहेका छन्।


प्रकाशन मिति–२०७५ साल मंसीर २९ गते शनिवार ।