काठमाडौं। विश्वविख्यात नेपालका अग्रज इतिहासविद शताव्दी पुरुष डा.सत्यमोहन जोशी उमेरको हकमा यो बर्षवाट १ सय बर्ष पुगिसकेका छन्। १ सय बर्षको गौरबमय उमेरमा पुग्दा पनि डा.सत्यमोहन जोशीको जोशमा कुनै कमी आएको छैन्।
आँखामा चश्मा लाउनु परेको छैन्। हातमा बूढेशकालको लाठी बोक्नु परेको छैन्। मज्जाले थम्म थम्मी हिडेरै प्रत्येक दिनजसो विभिन्न स्थानका विभिन्न कार्यक्रमको विशिष्ट अतिथि तथा प्रमुख अतिथि भएर कसेरै भाषण गर्नमा कुनै कमी गरेका छैनन्। शनिवार काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वर स्थित सूर्यकोट टोलको कार्यक्रममा डा.जोशी पुगे।
सूर्यकोट टोलको सूर्यकोट समाज सुधार समितिको कार्यालय र कार्यालय नजिकको गणेश मन्दिरको मज्जाले उदघाटन गर्ने कार्य डा.जोशीवाट भयो। धर्म–कर्ममा अत्यन्त विश्वासी डा.जोशीले गणेश मन्दिरको उदघाटनको बेलामा टोपी र जुत्ता फुकालेर मज्जाले पानीले मुख कुल्ला गरेर गणेश मन्दिर घुमेर मात्र मन्दिरमा गणेशजीको पूजा गरेर उदघाटन गरे।
उदघाट्न पश्चात फुकालेको जुत्ताको टुना आफै लाउने कार्य गरिरहदा सूर्यकोट समाज सुधार समितिका पदाधिकारी नारायण गिरीले सघाउन खोज्दा डा.जोशीले सहयोग लिन मानेन। आफैले गर्न सक्छु भन्दै जुत्ता छुन नै दिएनन्।
आफूले सकुञ्जेल कसैलाई दुःख नदिने डा.जोशीको सोचवाट सवै नतमस्तक बनेका थिए। डा.जोशीको यो आदर्शतावाट सूर्यकोट समाज सुधार समितिका पदाधिकारी लगायत कार्यक्रममा उपस्थित सवैजना प्रेरित बनेका थिए।
Photo By-Shyam Smrit/VisionSansar.Comप्रकाशन मिति–२०७६ साल असार ७ गते शनिवार ।