फेरि हात हेरन कति धेरै चलिरहन पो खोज्दो रहेछ।
खुट्टाहरू हिड्न र कहिले कही दौडन खोज्दो रहेछ।।
अझ शरिरका अन्य भागले हेरन झन के के खोज्दो रहेछ।
कहिले न्यानो त कहिले कहिँ सितल पनि खोज्दो रहेछ।।
सबैले आ-आफ्नै आबस्यकताहरू पुरा गर्न खोज्दो रहेछ।
मनले त झन के के पो सोची अगाडी बढ्न खोज्दो रहेछ।।
आबस्यकता पुरा गर्न खज्ने अंग बाट निर्मित यो शरिर रहेछ।
यस्तो शरिर युक्त मानिसहरू कसरि चुप चाप रहि बस्न सक्छ।।
फेरी कहिले कहि अरू बाट माया र सद्भाब पनि खोज्दो रहेछ ।
अनि फेरि ऊ अरू भन्दा ठुलो भई मान सम्मान खोज्दो रहेछ।।
उस्को जिवनमा लौ हेर अनगिन्ती आबस्यकता र दाईत्व हुदो रहेछ।।
भन्नुस अनि कसरी यस्तो मानिस बाट निस्पक्ष काम कुरो हुन सक्छ।।
जसरी भए पनि उस्ले आफ्नो ईच्छा र आकांक्षाहरू पुरा गर्नु पर्दो रहेछ।
यीनै आबस्यकता पुरा गर्न होला मानिसले राम्रा नराम्रा काम गर्दो रहेछ।।
(नेपालका अग्रज कवि तथा साहित्यकार सनत कुमार थापा काठमाडौं महानगरपालिका सामाजिक विकास विभागका निर्देशक हुनुहुन्छ।) प्रकाशन मिति–२०७५ साल माघ ५ गते शनिवार ।