काठमाडौ। हङकङ नेवार समाजको आयोजनामा हङकङमा भव्य अनि सभ्य रुपमा म्हःपूजा कार्यक्रम संपन्न भएको छ। शुक्रबार म्हःपूजाको साइतमा नै हङकङमा म्हःपूजा कार्यक्रम भएको हो।
हङकङमा रहेका नेवार तथा गैह्रनेवार सवै गरेर १ सय ५० जनाको सम्मानजनक उपस्थिति भएको र उनीहरुले अत्यन्त रमाइलो गरेर म्हःपूजा गरेको जानकारी ढिलो गरेर प्राप्त भएको छ।
हङकङ नेवार समाजकी अध्यक्ष रचना प्रधानले नेवार संस्कृतिको अत्यन्त रमाइलो र महत्वपूर्ण यो पर्वलाई हङकङमा नेवार तथा गैह्रनेवार सवैको आकर्षणको विषय रहेको र उनीहरुले बर्षमा एकपल्ट मन्दिररुपी शरीर पूजा गर्ने मान्यतालाई रुचाएको बताएकी छन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक ४ गते शनिवार ।