काठमाडौ। नेपालमा १९ बर्षपछि हुन गैरहेको स्थानीय तहको निर्वाचन आउने नयाँ बर्ष २०७४ सालको बैशाख ३१ गते महाअभियान र उत्सवकै रुपमा लिइएको छ।
स्थानीय तहका रुपमा रहेका चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकामा एकै चरणमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।
यस निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार ८२ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । तीमध्ये ७० लाख ६९ हजार सात सय १४ पुरुष, ६९ लाख ८४ हजार छ सय २५ महिला र एक सय ४३ तेस्रो लिङ्गी छन्।
महिला र लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको स्थानीय तहको आगामी वैशाख ३१ गते हुने निर्वाचनलाई महाअभियान र उत्सवकै रुपमा हेरिएको छ । स्थानीय तहका रुपमा रहेका चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकामा एकै चरणमा निर्वाचन हुँदैछ ।
प्रकाशन मिति–२०७३ साल चैत्र २७ गते आइतवार ।