लण्डन। नेपाली राजदुताबासको आयोजनामा स्कटल्याण्डको एडन्बरामा तिहारको शुभकामना आदानप्रदान भब्यताका साथ सम्पन्न भएको छ।
स्कटल्याण्ड, एडन्बराको रोक्सि थिएटरमा नेपाली राजदुताबास युकेको आयोजनामा भएको ऐतिहासिक कार्यक्रम सभ्य र भब्ययता का साथ सम्पन्न भएको हो। बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी तथा स्कटल्याण्डका लर्ड प्रोभस्ट प्रमुख अतिथिका रूपमा उपस्थिति रहेका थियो।
सो कार्यक्रमको अवसरमा काठमाडौको परम्परागत धिमे बाजा बजाई स्वागत गरिएको थियो। साथै काठमाडौमा मनाइने इन्द्र जात्राको झलक अति सुन्दर तरिकाले प्रस्तुत गरिएको थियो। राजदूत सुवेदी, श्रीमती सुवेदी, स्कटल्याणडका विशिष्ट पदाधिकारीहरू लगायत नेपाल स्कटल्याण्ड एसोसिएसन, हिमालय सेन्टरका पदाधिकारीहरु तथा स्कटल्याण्डबासीको उत्साहजनक उपस्थिति रहेको थियो।
नेपाली कला संस्कृति झाकी प्रबर्द्धनका लागि सहयोग गर्ने नेपाल स्कटल्याण्ड एसोसिएसनका सल्लाहाकार तथा बरिष्ठ नृत्य निर्देशक चरन प्रधान र कार्यक्रमको संयोजक नेपाल स्कटल्याण्ड एसोसिएसनका महासचिव बिजय मान डंगोललाई लगायतलाई नेपाली भाषाको जगेर्नाको लागि स्कटल्याण्डमा बालबालिकाहरुलाई नेपाली शिक्षा दिइरहेकोमा नेपाल स्कटल्याण्ड एसोसिएसनका उपाध्यक्ष गोविन्द कन्डेललाई पनि धन्यवाद दिएका थिए।
सांस्कृतिक कार्यक्रममा धिमे, लाखे, कौडा, शेर्पा, चण्डी जस्ता बिबिध मौलिक परम्पारिक नेपाली नाचले सो माहोलले नेपाली माटोको महसुस गराएको थियो। यस सांस्कृतिक कार्यक्रमका उद्घघोशिका प्रबिना खनाल द्वारा नाचलाई अति सुन्दर तरिकाले बिश्लेषण गरि सो कार्यक्रमलाई झनै उत्कृष्ट बनाएको थियो।
प्रकाशन मिति–२०७४ साल कात्तिक २ गते विहीवार ।