चितवन । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले चितवनमा पनि आफ्नो एकेडेमी सेवा सञ्चालनमा ल्याएको छ । ब्युटी पार्लर सम्बन्धी विभिन्न तालिम लिन चाहने चितवनका महिला तथा पुरुषलाई समेत लक्षित गरी शनिबारदेखि ‘फेसियल हाउस ब्युटी एकेडेमी’ सञ्चालनमा ल्याइएको हो ।

वरिष्ठ सौन्दर्यविद् एवम् फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा केही दिनदेखि चितवनमा रहँदै आएकी छिन् । उनका अनुसार चितवनको भरतपुरस्थित सीजी ल्याण्डमार्कमा सो ब्युटी एकेडेमी सञ्जालनमा ल्याइएको हो । ब्युटी एकेडेमी उच्चस्तरीय प्रविधिमा आधारित रहेको उनको भनाइ छ । यो ब्युटी एकेडेमीले बेसिकदेखि डिप्लोमा र मास्टर्स लेभलको कोर्षहरू अध्यापन गराउँछ । साथै, वैदेशिक रोजगारीका लागि विदेश जान चाहानेहरूका लागि स्पेशल कोर्षको पनि व्यवस्था गरिएको महराले बताइन्।

शाखा सञ्चालनसँगै सौन्दर्यकला पढ्न सिक्न चाहानेहरूको अनुरोधमै एकेडेमी सञ्चालनमा ल्याइएको फेसियल हाउसले जनाएको छ । फेसियल हाउसको भरतपुर शाखामा एकैपटक १५ जनाभन्दा बढी सेवाग्राहीले सेवा लिने सक्नेछन् । फेसियल हाउसले ब्युटीसम्बन्धी तालिम दिनाका साथै हेयर, फेससम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिँदै आएको छ ।

नेपालमा नयाँ सौन्दर्य प्रविधिहरू भित्र्याएर सेवालाई उत्कृष्ट बनाउँदै आएको फेसियल हाउसले हेयर, व्युटी र स्किन केयरसँगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरू दिँदै आएको छ । यसैगरी, फेसियल हाउसले हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ । फेसनेबल कलरहरू प्रयोग गर्ने फेसियल हाउसले चायाँपोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको प्रबन्ध निर्देशक महराको भनाई छ।

यसैगरी, नेपालीहरूको छाला र कपाललाई मध्यनजर गर्दै चीन, कोरिया, मलेसिया, थाइल्यान्ड र कोरियाको कम्पनीहरूसँग सहकार्य गरेर हर्वल ब्युटी, हेयर कस्मेटिक होलसेल तथा रिटेल सेवा पनि फेसियल हाउसले दिँदै आएको छ । केही समयभित्र नेपालमा नै हर्वल कस्मेटिक उत्पादन गर्ने लक्ष्य पनि फेसियल हाउसको छ ।फेसियल हाउसले नेपालको नम्बर वान ब्युटीसैलुनको अवार्ड समेत पाइसकेको छ । पछिल्लो समय नाम कपी गर्ने क्रम बढेको बताउँदै महराले फेसियल हाउसको ब्राण्डप्रति नझुक्किन सम्पूर्ण सेवाग्राहीमा आग्रह गरेकी छन् । ‘फेसियल हाउसको नामको अगाडि वा पछाडि नाम जोडेर कपी गर्ने क्रम पनि बढेको छ,’ उनले भनिन्, ‘फेसियल हाउस मात्रै लेखेको हेर्नुहोस् । जहाँ मेरो फोटो समेत देख्न सक्नुहुन्छ ।’

काठमाडौं मलको चौथो तलामा प्रमुख कार्यालय रहेको फेसियल हाउसले काठमाडौंकै चाबहिलस्थित केएल टावर, पोखरा, सुर्खेत, धनगढी र चितवनमा शाखासहित सेवा विस्तार गरेको छ भने अन्य केही सहरमा फेसियल हाउसको ब्राण्डमा सेवा प्रवाह भइरहेको छ। सौन्दर्यसम्बन्धी सेवामा मात्र सीमित नभई फेसियल हाउसले फेसियल हाउस अफ कस्मेटिक, फेसियल हाउस ब्युटी एकेडेमी र फेसियल हाउस इन्टरटेन्मेन्टबाट पनि आफूलाई विस्तारित र बहुआयामिक बनाउँदै लगेको छ।