काठमाडौं । गत आव २०७३–७४ को वित्तीय विवरण प्रकाशित गरेका ७ जीवन बीमा कम्पनीमा ४ कम्पनीको नाफा घटेको छ भने बाँकी तीनको मात्र वृद्धि भएको छ। कम्पनीहरुले परिस्कृत लेखा परिक्षण तथा बिमांकीय मूल्यांकन (एक्चुअरी भ्यालुएसन) पछि नाफा परिवर्तन हुन सक्ने उल्लेख गरेका छन्। नाफा दर बढ्न वा घट्न सक्ने दुवै अवस्था रहेपनि प्रायः बढ्ने प्रवृत्ती देखिदै आएको छ।
जीवन बीमा कम्पनीहरुले अहिले हरेक वर्ष एक्चुअरी मूल्यांकन गरेर आफ्नो वास्तविक दायित्व निकाल्छन् । मानौं, यसरी दायित्व देखिएपछि त्यसलाई भुक्तानी गर्न आवश्यक रकम छुट्याएर १० रुपैयाँ उब्रन्छ भने त्यो १० रुपैयाँ मध्ये ९ रुपैयाँ बीमितहरुको योजनालाई प्रतिफल (बोनस दर) दिनुपर्छ । बाँकी १ रुपैयाँ नाफामा जोडिन्छ र सेयर लगानीकर्ताले प्रतिफल (बोनस सेयर वा नगद लाभांश ) पाउँने हो।
७ कम्पनीको कुल नाफा भने १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । कम्पनीहरुको बचत २६ अर्ब पुगेको छ । जीवन बिमा कम्पनीहरुले नाफा नोक्सान हिसाब खाता र एकिकृत आय व्यय हिसाब गरि दुई वटा देखाउने गर्छन् । एकिकृत आय व्ययको हिसाबमा बिमा शुल्क, लगानी वा कर्जाबाट भएको आम्दानीबाट दाबी भुक्तानी, आयकर लगायतका खर्च कटाएपछि हुने रकमलाई बचत भनेर उल्लेख गरिन्छ।
यो बचतबाट केही रकम नाफा नोक्सान हिसाब खातामा र धेरै रकम जीवन बिमा कोषमा सारिन्छ । एक्चुअरी भ्यालुएशनपछि जीवन बिमा कोषमा भएको रकमको वास्तविक दायित्व पत्ता लाग्छ र बाँकी रकम बिमा गरेकाहरुको बोनस दर निर्धारण तथा सेयर लगानीकर्ताहरुलाई प्रतिफल दिन प्रयोग गरिन्छ ।
एशियन लाइफ–एशियन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले घटेर ४ करोड २१ लाखमा सिमित भएको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा बढ्ने अपेक्षा गरिएको छ। कम्पनीको कुल बिमा शुल्क आर्जन करिब २४ प्रतिशतले बढेर ११ अर्ब ७५ करोड पुगेको छ। कम्पनीले यसवर्ष २ अर्ब २९ करोड बिमा शुल्क आर्जन गरेको छ।
कम्पनीको कुल कायम बिमालेख संख्या २ लाख ९ हजार रहेको छ। यसमा १ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीको दाबी रकममा १६ प्रतिशतले वृद्धि भएर ४७ करोड पुगेको छ । कम्पनीले १ करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी तिर्न बाँकी रहेको छ। कम्पनीको जीवन बिमा कोषमा १० अर्ब रुपैयाँ रहेको छ । यो रकम २८ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले बिमा समितिले तोकेको २ अर्बको चुक्ता पुँजी पुर्याउँन १ अर्ब १९ करोड जुटाउनु पर्ने हुन्छ। हाल ८० करोड चुक्ता पुँजी रहेको छ। कम्पनीको एकिकृत आय व्यय हिसाब
खाताबाट २ अर्ब ३४ करोड रुपैयाँ बचत रहेको देखिएको छ।
कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसा, मूल्य आम्दानी अनुपात २ सय ७८ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ४८ रुपैयाँ रहेको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिवर्तन हुने भएकोले यी सूचकमा पनि परिवर्तन आउछ ।
प्राइम लाइफ–प्राइम लाइफ इन्स्योरेन्सको नाफा ४३ प्रतिशतले बढेर १५ करोड ८७ लाख पुगेको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिर्वतन हुनेछ। कम्पनीको कुल बिमा शुल्क आर्जन करिब ४३ प्रतिशतले बढेर ११ अर्ब १६ करोड पुगेको छ । कम्पनीले यसवर्ष २ अर्ब ४ करोड बिमा शुल्क आर्जन गरेको छ।
कम्पनीको कुल कायम बिमालेख संख्या ४ लाख ६७ हजार रहेको छ । यसमा ३० प्रतिशतले घटेको हो । कम्पनीको दाबी रकममा करिब २१ प्रतिशतले वृद्धि भएर ३६ करोड पुगेको छ । कम्पनीले १ करोड २ लाख रुपैयाँ दाबी भुक्तानी तिर्न बाँकी रहेको छ।
कम्पनीको जीवन बिमा कोषमा ४ अर्ब ८२ करोड रुपैयाँ रहेको छ।
यो रकम ३३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिमा समितिले तोकेको २ अर्बको चुक्ता पुँजी पुर्याउँन १ अर्ब ५१ करोड जुटाउनु पर्ने हुन्छ । हाल ४८ करोड चुक्ता पुँजी रहेको छ । कम्पनीको एकिकृत आय व्यय हिसाब खाताबाट १ अर्ब ४२ करोड रुपैयाँ बचत रहेको देखिएको छ।
कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५३ पैसा, मूल्य आम्दानी अनुपात ७८ गुणा र प्रतिसेयर नेटवर्थ २ सय ९४ रुपैयाँ रहेको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिवर्तन हुने भएकोले यी सूचकमा पनि परिवर्तन आउछ।
नेपाल लाइफ–नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५४ प्रतिशतले घटेर ४१ करोडमा सिमित भएको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिर्वतन हुनेछ। कम्पनीको कुल बिमा शुल्क आर्जन करिब ३० प्रतिशतले बढेर ५२ अर्ब ३७ करोड पुगेको छ । कम्पनीले यसवर्ष १२ अर्ब २१ करोड बिमा शुल्क आर्जन गरेको छ।
कम्पनीको कुल कायम बिमालेख संख्या १० लाख ४१ हजार रहेको छ । यसमा १६ प्रतिशतले घटेको हो। कम्पनीको दाबी रकममा करिब १ सय ९ प्रतिशतले वृद्धि भएर २ अर्ब ८८ करोड पुगेको छ । कम्पनीले ७३ करोड रुपैयाँ दाबी भुक्तानी तिर्न बाँकी रहेको छ।
कम्पनीको जीवन बिमा कोषमा ४० अर्ब २८ करोड रुपैयाँ रहेको छ । यो रकम २८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिमा समितिले तोकेको २ अर्बको चुक्ता पुँजी पुर्याइ सकेको छ । हाल कम्पनीको ३ अर्ब ९ करोड चुक्ता पुँजी रहेको छ । कम्पनीको एकिकृत आय व्यय हिसाब खाताबाट ९ अर्ब २८ करोड रुपैयाँ बचत रहेको देखिएको छ।
कम्पनीको प्रतिसेयर आम्दानी १३.४५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १ सय ५९ गुणा र प्रतिसेयर नेटवर्थ २ सय ६० रुपैयाँ रहेको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिवर्तन हुने भएकोले यी सूचकमा पनि परिवर्तन आउछ ।
मेट लाइफ-मेट लाइफ इन्स्योरेन्सको नाफा ३४ प्रतिशतले घटेर २२ करोड २४ लाखमा सिमित भएको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिर्वतन हुनेछ। कम्पनीको बिमा शुल्क आर्जन करिब २१ प्रतिशतले बढेर ३ अर्ब ८ करोड पुगेको छ । कम्पनीको कुल कायम बिमालेख संख्या ७ लाख ६७ हजार रहेको छ। यो १४ प्रतिशतले बढेको हो।
कम्पनीको दाबी रकममा करिब ७ प्रतिशतले वृद्धि भएर १ अर्ब ६ करोड पुगेको छ। कम्पनीले १७ करोड रुपैयाँ दाबी भुक्तानी तिर्न बाँकी रहेको छ । कम्पनीको जीवन बिमा कोषमा १३ अर्ब २२ करोड रुपैयाँ रहेको छ । यो रकम १८ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले बिमा समितिले तोकेको २ अर्बको चुक्ता पुँजीको लागि जगेडा, जिवन बिमा कोष लगायतमा रहेको रकमलाई असाइड रकमको रुपमा देखाए पुग्नेछ। कम्पनीको एकिकृत आय व्यय हिसाब खाताबाट २ अर्ब २७ करोड रुपैयाँ बचत रहेको देखिएको छ।
नेशनल लाइफ–नेशनल लाइफ इन्स्योरेन्सको नाफा ३८ प्रतिशतले बढेर २३ करोडमा पुगेको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिर्वतन हुनेछ। कम्पनीको बिमा शुल्क आर्जन करिब ३१ प्रतिशतले बढेर ४ अर्ब ९७ करोड पुगेको छ। कम्पनीको कुल कायम बिमालेख संख्या ८ लाख ७५ हजार रहेको छ । यो २६ प्रतिशतले बढेको हो।
कम्पनीको दाबी रकममा करिब ४९ प्रतिशतले वृद्धि भएर १ अर्ब ६८ करोड पुगेको छ। कम्पनीले १३ करोड रुपैयाँ दाबी भुक्तानी तिर्न बाँकी रहेको छ । कम्पनीको जीवन बिमा कोषमा १७ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । यो रकम १९ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले बिमा समितिले तोकेको २ अर्बको चुक्ता पुँजी पुर्याउन ६७ करोड थप्नुपर्ने भएको छ । हाल कम्पनीको १ अर्ब ३२ करोड चुक्ता पुँजी रहेको छ । कम्पनीको एकिकृत आय व्यय हिसाब खाताबाट ३ अर्ब २६ करोड रुपैयाँ बचत रहेको देखिएको छ।
कम्पनीको प्रतिसेयर आम्दानी १७.७८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १ सय २९ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ५३ रुपैयाँ रहेको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिवर्तन हुने भएकोले यी सूचकमा पनि परिवर्तन आउछ ।
सूर्या लाइफ–सूर्या लाइफ इन्स्योरेन्सको नाफा १५ प्रतिशतले बढेर ९ करोड ६९ लाखमा पुगेको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिर्वतन हुनेछ। कम्पनीको बिमा शुल्क आर्जन करिब २४ प्रतिशतले बढेर १ अर्ब ३३ करोड पुगेको छ।
कम्पनीको कुल कायम बिमालेख संख्या ३ लाख ८ हजार रहेको छ । यो १३ प्रतिशतले बढेको हो। कम्पनीको दाबी रकममा करिब ८९ प्रतिशतले वृद्धि भएर १५ करोड पुगेको छ । कम्पनीले १२ लाख रुपैयाँ दाबी भुक्तानी तिर्न बाँकी रहेको छ । कम्पनीको जीवन बिमा कोषमा २ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । यो रकम ४७ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले बिमा समितिले तोकेको २ अर्बको चुक्ता पुँजी पुर्याउन १ अर्ब ३४ करोड थप्नुपर्ने भएको छ । हाल कम्पनीको ६५ करोड चुक्ता पुँजी रहेको छ । कम्पनीको एकिकृत आय व्यय हिसाब खाताबाट ८६ करोड रुपैयाँ बचत रहेको देखिएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १४.७८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७२ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ५४ रुपैयाँ रहेको छ। एक्चुअरी भ्यालुएशनपछि नाफा परिवर्तन हुने भएकोले यी सूचकमा पनि परिवर्तन आउछ ।
लाइफ इन्स्योरेन्स–लाइफ इन्स्योरेन्स कर्पोरेशनको नाफा ६३ प्रतिशतले बढेर ११ करोडमा सिमित भएको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिर्वतन हुनेछ।
कम्पनीको बिमा शुल्क आर्जन करिब २३ प्रतिशतले बढेर ८ अर्ब ७० करोड पुगेको छ। कम्पनीको कुल कायम बिमालेख संख्या ६ लाख ६८ हजार रहेको छ।
यो ६ प्रतिशतले बढेको हो । कम्पनीको दाबी रकममा करिब १ सय ४६ प्रतिशतले वृद्धि भएर १ अर्ब १८ करोड पुगेको छ। कम्पनीले २ करोड ४५ लाख रुपैयाँ दाबी भुक्तानी तिर्न बाँकी रहेको छ । कम्पनीको जीवन बिमा कोषमा ३३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । यो रकम २७ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले बिमा समितिले तोकेको २ अर्बको चुक्ता पुँजी पुर्याउन ६६ करोड थप्नुपर्ने भएको छ । हाल कम्पनीको १ अर्ब ३३ करोड चुक्ता पुँजी रहेको छ । कम्पनीको एकिकृत आय व्यय हिसाब खाताबाट ७ अर्ब ४९ करोड रुपैयाँ बचत रहेको देखिएको छ।
कम्पनीको प्रतिसेयर आम्दानी ८.७५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २ सय ४५ गुणा र प्रतिसेयर नेटवर्थ १ सय २६ रुपैयाँ रहेको छ। एक्चुअरी भ्यालुएशनपछि नाफा परिवर्तन हुने भएकोले यी सूचकमा पनि परिवर्तन आउछ ।
प्रकाशन मिति–२०७४ साल भाद्र ३ गते शनिवार ।