काठमाडौ। ओरेन्टल सहकारीको आवरणमा १ अर्ब ६० करोडभन्दा बढी रकम ठगी गरेर फरार बनेका घर–जग्गा व्यवसायी सुधीर बस्नेत लामो समय पछि प्रहरीले पक्राउ गरेका छन्। मंगलवार राति सुधीर बस्नेतलाई उनकै धापासी स्थित निवासवाट अदालतको फैसला कार्यन्वयन इकाइ, काठमाडौ प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको हो।

sudhir-basnet-arrested

बुधवार काठमाडौ जिल्ला अदालतमा हाजिर गराएर फैसला कार्यन्वयनका लागि डिल्लीबजार कारागार जेल चलान गरिएको छ। ओरेन्टल सहकारीको नाममा सर्वसाधारण देखि उच्चपदस्थ व्यक्तिहरुलाई समेत २४ प्रतिशतसम्मको व्याँजको प्रलोभनमा पारेर रकम असुलेर उक्त रकम घर–जग्गा तथा गाडीमा लगानी गरेका बस्नेतलाई काठमाडौं जिल्ला अदालतको दुईओटा फैसला र भक्तपुर जिल्ला अदालतको एक फैसला कार्यान्वयन नभएको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं जिल्ला अदालतले ठगी मुद्दामा २०७२ चैत १६ गते २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। काठमाडौं जिल्ला अदालतले अर्को ठगीको मुद्दामा २०७३ असार ३० गते ४ लाख ९४ हजार जरिवाना र ६ महिना कैद फैसला गरेको थियो। भक्तपुर जिल्ला अदालतले पनि ठगी मुद्दामा २०७२ मंसिर ७ गते २ वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना तोकेको थियो। अदालतले बारम्बार दोषी ठहराए पनि बस्नेत भने वर्षौंदेखि फरार थिए।
प्रकाशन मिति–२०७३ साल पुष १३ गते बुधवार ।