काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले विश्वको उच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्केका पाँच महिला पत्रकारहरुको विशेष सम्मान गरेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पत्नी शाक्यले विशेष सम्मान गरेकी हुन्।
सम्मानित हुने सगरमाथा आरोही पाँच पत्रकारहरुमा कल्पना महर्जन, देउराली चाम्लिङ, रोजिता बुद्धाचार्य, रोशा बस्नेत र प्रियालक्ष्मी कार्की रहेकी छन्। पाँच मध्ये चारजनाले सगरमाथाको सफल आरोहण गरेकी थिइन् भने, प्रियालक्ष्मी कार्की स्वास्थ्यको कारण ७ हजार मिटर पुगेर फर्केकी थिइन्।
सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पनि एक पटक सगरमाथा चढ्ने रहर थियो र त्यो रहर विविध कारणले पूरा गर्न नसकेको सुनाएका थिए। सगरमाथा चढ्ने महिला पत्रकारहरुलाई सगरमाथा चढ्ेको त्यो आँटलाई अव व्यवहारमा पनि निरन्तर लागू गर्दै जानु पर्ने सुझाव दिने कार्य पनि ओलीवाट भएको छ। प्रकाशन मिति–२०७५ साल जेठ १९ गते शनिवार ।