लण्डन। कोरोनाको कहरमा विश्वभर फसेका बेलायती नागरिकहरुलाई बेलायत सरकारले बेलायतमा फिर्ता ल्याएको छ।

बेलायत सरकारले जनाएअनुसार, कोरोनाको कहरमा विश्वभर अलपत्र परेका ३० हजारभन्दा बढी बेलायती नागरिकहरुलाई बेलायत फर्काएको हो।

बेलायत सरकारले १४२ विशेष चार्टर उडानमार्फत नेपालसहित २७ देशमा अलपत्र परेका बेलायती नागरिकहरु बेलायतमा ल्याएको जनाएको छ।

८ अप्रिलयता भारतबाट १३ हजार ५ सयभन्दा बढी, पाकिस्तानबाट ४ हजार, दक्षिण अफ्रिकाबाट २ हजार, न्युजिल्यान्डबाट १ हजार ५ सय र बंगलादेशबाट १६ सय बेलायती ल्याइएको छ।

बेलायतले नेपालबाट पनि तीन उडानमा करिब ७ सय नागरिक फिर्ता ल्याएको थियो।
प्रकाशन मिति–२०७७ साल जेठ ३ गते शनिवार ।