काठमाडौं। डिस्ट्रिक लायन्स लिडरसिप ट्रेनिङ कार्यक्रम सम्पन्न भएको छ। लायन्स इन्टरनेशनल ३२५ इ को आयोजनामा डिस्ट्रिक लायन्स लिडरसिप ट्रेनिङ कार्यक्रम सम्पन्न भएको हो ।

काभ्रेको धुलिखेलमा आयोजित डिस्ट्रिक लायन्स लिडरसिप ट्रेनिङमा लिडरसिप संवन्धमा विशेष तालिम भएको थियो । जसवाट समाजमा लिडरसिप कसरी गर्ने र यसको महत्व तथा आवश्यकताका वारेमा सहभागी ७५ जना ग्राजुयेटहरुलाई विशेष तालिम प्रदान गरिएको जानकारी कार्यक्रमका कोअर्डिनेटर तथा चिफ लायन ट्रेनिङ पुलका प्रमुख एवम् लायन बर्ष २०२४–२५ प्रेसेडिङ अफिसर रमेश श्रेष्ठले दिएका छन्।

लायन्स क्लव अफ काठमाडौं युथ फर डेभलपमेन्टका चार्टर प्रेसिडेन्ट समेत रहेका लायन्स श्रेष्ठले डिस्ट्रिक लायन्स लिडरसिप ट्रेनिङ कार्यक्रम डिस्ट्रिक लायन्स लिडरसिप ट्रेनिङ इन्ष्टिच्युटले गरेको जानकारी पनि दिएका छन्।

लायन्स इन्टरनेशनल ३२५ इ का गभर्नर लायन्स रामशरण बस्नेतको प्रमुख आतिथ्यतामा संपन्न भएको उक्त कार्यक्रममा लायन्स अनन्त भेटवाल, लायन्स कर्म गुरुङ, लायन्स टंक श्रेष्ठ, लायन्स श्याम यादव, लायन्स महेश दाहाल लगायतले लिडरसिप संवन्धमा घनिभूत तालिम दिने कार्य भएको थियो ।

जसवाट सहभागी ७५ जना ग्राजुयेटहरु लाभान्वित भएको जानकारी कोअर्डिनेटर रमेश श्रेष्ठले दिएका छन्। श्रेष्ठले तालिममा सहभागी सबै सदस्यहरू, प्रशिक्षकहरू, अतिथिहरू सवैलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

प्रकाशन मिति–२०८१ साल भदौ ६ गते विहीवार ।