काठमाडौं। पछिल्लो समय पुरानो गीतको कभर बनाउने चलन धेरै नै चलिरहेको छ। कभर गीतको मोह अहिले राम्रै चलिरहेको छ।

कभर गीतकै क्रममा स्वर सम्राट नारायण गोपालको आवाजमा सजिएको अत्यन्त लोकप्रिय गीत “मलाई माफ गरिदेऊ” को कभर गीत सार्वजनिक भएको छ।

लन्डनमा बस्दै आएका पन्जाबी गायक गेभी सिंहले “मलाई माफ गरिदेऊ” गाएका छन। उक्त गीतको भिडियोलाई एम टि एस प्रोडक्सनले निर्माण गरेका छन भने गीत संसार ब्लगको यूट्युब च्यानलबाट रिलिज गरिएको छ। लन्डनमै खिचिएको यो गीतको निर्देशन जि एस जोन्नीले गरेका हुन् ।

संसार ब्लगको मुख्य उदेश्य बिदेशी र नेपाली संस्कृतिलाई समावेस गरि केही गरु भन्ने रहेको छ। त्यसैले संसार संसार ब्लगले नेपाली नै बोल्न नजान्ने पन्जाबी गेभी सिंहलाई नेपाली गीत गाउन लगाएका हुन् । पन्जाबी गायक गेभी सिंहले “माफ गरिदेऊ”लाई सरल ढंगमा राम्ररी गाएका छन्।

प्रकाशन मिति–२०७९ साल बैशाख ८ गते विहीवार ।