Loot 2 in London.1लण्डन। सुपरहिट नेपाली फिल्म लुटको सिक्वेल लुट २ को प्रिमियर शो बेलायतमा पनि भएको छ। ब्ल्याक हर्स प्रोडक्सनको ब्यानमार निर्माण भएको लुट २ को प्रिमियर शनिवार फेब्रुअरी २५ को दिन लण्डनको अल्डरसटस्थिप प्रिन्सेस हलमा भव्य रुपमा भएको छ।

Loot 2 in London.4

लुट २ का दुई अभिनेता सौगात मल्ल र दयाहाङ्ग राईले प्रिमियरको रेड कार्पेटमा सहभागिता जनाएका थिए। यी दुई अभिनेताको उपस्थितिले लण्डन प्रिमियर अझ बुम भएको लण्डनमा रहेका नेपाली चलचित्रका कलाकार मनिष कुमार श्रेष्ठले भनेका छन्। उनका अनुसार लुट २ को लण्डन प्रिमियर अत्यन्त भव्य तथा सभ्य रुपमा भएको छ। लुट २ हेरेर फर्केका लण्डनमा नै रहेका बरिष्ठ रंगकर्मी अभिनेता सनम कुमार बैरागले पनि लुट २ मनोरंजक चलचित्र भएको प्रतिक्रिया दिएका छन्।

Loot 2 in London.3

Loot 2 in London.8निश्चल बस्नेतद्वारा निर्देशिक्त चलचित्र लुट २ मा द्वन्द्व तथा सस्पेन्सलाई प्राथमिकता दिइएको छ। लुट–२ मा सौगात मल्ल, दयाहाङ राई, कर्मा, विपिन कार्की, सुशीलराज पाण्डे, ऋचा शर्मा आदि कलाकारले अभिनय गरेका छन् । माधव वाग्ले तथा नरेन्द्र महर्जनद्वारा निर्मित यो चलचित्रको सार्वजनिक प्रदर्शन नेपाल र बेलायतवाट एकसाथ गरिएको छ।

Loot 2 in London.2Loot 2 in London.6Loot 2 in London.5प्रकाशन मिति–२०७३ साल फागुन १५ गते आइतवार ।