–नारायण लिंखा देवान
ललितपुर । कोरोनाभाइरस (कोभिड–१९) को महामारीमा रगत तथा रक्त तत्वको महत्व र आवश्यकतालाई मध्यनजर गरेर नेपाल अबुर्द रोग निवारण संस्था जिल्ला शाखा ललितपुरले आकस्मिक विशेष संयुक्त रक्तदान कार्यक्रम संपन्न गरेको छ। ललितपुरको लगनखेल चोकमा शनिवार आकस्मिक विशेष संयुक्त रक्तदान कार्यक्रम संपन्न गरेको हो।

रोटरी क्लब अफ ललितपुर, रोटरी क्लब अफ यलः, गत्तिशील बचत तथा ऋण सहकारी संस्था लि., बुद्धि विकास मण्डल, लगनखेल समाज, डिलक्स रेडियो सर्भिस र स्वास्थ्य समन्वय कार्यान्वयन समिति समेत संयुक्त आयोजक रहेको आकस्मिक संयुक्त विशेष रक्तदान कार्यक्रममा ३४ पुरुष र ११ महिला गरेर ४५ जनाले रक्तदान गरेको आयोजक समिति प्रमुख आयोजक नेपाल अर्बुद रोग निवारण संस्था ललितपुर जिल्ला शाखाका सभापति शैलेन्द्रलाल प्रधानले वताएका छन्।

ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको प्रमुख आतिथ्यता तथा वडा सदस्यहरु अशोक श्रेष्ठ, शोभादेवी प्रधान, पूनम निरौला र मञ्जु रिमालको आतिथ्यतामा संयुक्त रक्तदान कार्यक्रम भएको थियो। ब्लड डोनर एशोसियसन ललितपुरका अध्यक्ष साधुराम महर्जनको सभापतित्वमा भएको कार्यक्रम भएको थियो। कार्यक्रम संचालन केदार कार्कीले गरेका थिए।


प्रकाशन मिति–२०७७ साल असोज २४ गते शनिवार ।