न्युयोर्क (अमेरिका)। संयुक्त राज्य अमेरिकाको न्युयोर्क स्थित रोटरी क्लब अफ न्युयोर्क कुइन्सको पदस्थापन कार्यक्रम भएको छ। सन् २०१८–२०१९ का लागि पदस्थापन कार्यक्रम भएको हो। कार्यक्रममा समाजका बिभिन्न विधाका ख्यातिप्राप्त तथा  उल्लेखनीय कार्य गरेका विभिन्न महानुभाबहरुलाई सम्मान तथा प्रशंसा प्रमाण–पत्रद्वारा सम्मान पनि गरिएको छ।

पदस्थापन हुने नया पदाधिकारीहरुमा अध्यक्ष्य मोहन बहादुर ज्ञवाली क्षेत्री, मेम्बरशिप अध्यक्ष्य किशन सिंह धामी,प्रिसिडेन्ट इलेक्ट नवराज केसी, सचिव जनक भण्डारी, एक्जुकेटिभ सेक्रेटरी ज्ञानल थापा, कोषाध्यक्ष्य खामलाल भट्ट, सर्जेन्ट एट आर्म संजिता कोइराला रहेका छन्। मानार्थ सदस्यता प्राप्त गर्नेहरुमा पूर्ब न्युयोर्क सिटी काउन्सिल मेम्बर माननीय इलिजबेथ क्रोली, एसेम्बली मेम्बर दोय  माननीय माइकल मिलर, माननीय बारायन बार्न्वेल तथा अमेरिकन लेखक रञ्जन थपलिया रहेका छन्।

सम्मान–पत्र पाउनेहरुमा बरिष्ठ रक्तदाता अर्जुन मैनाली,डाक्टर तुलसी महर्जन,लेखक तथा प्रकाशक किशन सिंह धामी , खाम लाल भट्ट, पत्रकार  अकुर लुइँटेल, संजिता कोइराला, संगीता मुखिया तथा गरिमा ज्ञवाली रहेका छन्। जनक भण्डारी तथा संजिता कोइरालाले संचालन  कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार क़ा डिपुटी कन्सुलर जेनेरल पुष्प भट्टराई तथा अतिथिहरुमा पूर्ब न्युयोर्क सिटी काउन्सिल मेम्बर माननीय इलिजबेथ क्रोली, एसेम्बली मेम्बर दोय  माननीय माइकल मिलर , माननीय बारायन बार्न्वेल , रोटरी डिसटिक गवर्नर इलेक्ट जस्टिन क्वारंता तथा पूर्ब डिसटिक गवर्नर टोनी अन्थोनी लगायत रहेका थिए।

प्रकाशन मिति–२०७५ साल साउन ७ गते सोमवार ।