काठमाडौ । तन्नेरी पुस्तामा मात्र होइन । बयस्क पुस्तामा पनि जिन्स वेयर पहिरनको हाल निक्कै डिमाण्ड रहेको पाइन्छ। जसले गर्दा गाउँघर देखि शहरबजार सवैतिर जिन्स वेयर पहिरनको पसलहरु देखिएका छन्। ती पसलमा विशेष गरेर जिन्सका पाइन्ट नै बढी बिक्री हुने गर्दछ ।
ती कतिपय जिन्स वेयर पाइन्टका पसलमा सप्लाई गर्ने होलसेलर सप्लायर पसल काठमाडौमा यततत्र धेरै नै देखिन्छ । त्यसमध्ये न्यूरोडको फसिकेब स्थित सुविधासंपन्न रन्जना ट्रेड सेन्टरको पहिला तल्लामा रहेको पसल नंबर ३७ स्थित जिन्स वल्र्ड पनि हो ।
चीनको ग्वान्जो प्रान्त लगायतबाट तयार भएर आउने ब्रान्डेट जिन्स पाइन्ट डाइरेक्ट आयात भएर आउने पसल भएकोले यसको चर्चामा बृद्धि भएको छ । काठमाडौका न्यूरोड, दरबारमार्ग, विशालबजार लगायतका विभिन्न ठूला तथा साना सपिङ्ग मलमा यहाँकै जिन्स पाइट बिक्री हुने गर्दछ ।
त्यसको अलावा नेपालका प्रमुख शहरका व्यापारिक स्टोर तथा नेपाल बाहिर भारतको दार्जिलिङ्ग, सिक्किम देखि भुटानसम्मका जिन्स वेयर पसलहरुमा जिन्स वल्र्डका जिन्स पाइन्टको डिमान्ड तथा अर्डर आउने गरेको जिकिर यस जिन्स वल्र्डकी अध्यक्ष तथा सिईओ कल्पना श्रेष्ठको रहेको छ ।
ब्राण्डेट जिन्स पाइन्ट लोकल जिन्स पाइन्टको तुलनामा निश्चित रुपमा अलि महंगो बनेपनि क्वालिटी र टिकाउ हुने भएकोले लोकल तीनवटा किन्नुभन्दा ब्राण्डेट एउटै किनेर बर्षौबर्ष टिकाउनेहरुको अनुभव रहेको छ । यसअर्थमा ब्राण्डेट लाउनु नै इकोनोमिकली सस्तो हुने राय सिईओ श्रेष्ठको रहेको छ ।
बजारको डिमाण्ड तथा नयाँ ट्रेन्डको फेसन अनुसारको जिन्स वेयर पहिरनको होलसेलर गर्ने लक्ष्य नै जिन्स वल्र्डले लिएको छ । निकट भविष्यमा जिन्स वल्र्डको विभिन्न स्थानमा रिटेलर सपको विस्तार गर्ने पाइलट प्लानमा जिन्स वल्र्ड रहेको छ। रन्जना ट्रेड सेन्टरमा प्राय पसल होलसेलर पसल भएकोले साधारण क्रेता भन्दा देशभरका रिटेलर पसले क्रेताहरुको नै चहलपहल हुने गरेको छ । चलाख साधारण क्रेता कतिपयले एक भन्दा बढी जिन्स पाइन्ट चाहिएमा जिन्स वल्र्डमा आउने गरेको पाइएको छ । त्यस्ता विशेष क्रेतालाई सेवा पु¥याउने कार्य जिन्स वल्र्डले दिने गरेको छ।
प्रकाशन मिति–२०७३ साल चैत्र ८ गते मंगलवार ।