काठमाडौ। यो बर्षको इन्द्रजात्रा आज मंगलवार रातिवाट विधिवत रुपमा संपन्न भएको छ। काठमाडौको लामो तथा ऐतिहासिक मानिएको इन्द्रजात्राको आज अन्तिम दिन नानियाः याः भन्दै जीवित देवी कुमारी तथा जीवित देवताहरु गणेश र भैरबको काठमाडौका स्थानिय महिलाहरुले तानेर नगर परिक्रमा गरेपछि विधिवत रुपमा संपन्न भएको हो।
बसन्तपुर दरबार क्षेत्रमा ठड्याएको इन्द्रध्वजको प्रतिक लिंगो ढालेर आज राति नै टेकुको बागमती दोभानमा सेलाएसंगै यो बर्षको इन्द्रजात्रा समापन भएको छ। आजै कुमारी, गणेश र भैरबको रथ बसन्तपुरवाट प्याफल, यटखा, नरदेवी, किलागल, इन्द्रचोक हुंदै बसन्तपुरको कुमारीघरमा कुमारी भित्राइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारीको दर्शन तथा कुमारीवाट टीका तथा प्रसाद ग्रहण गरेकी थिइन्।
प्रकाशन मिति–२०७३ साल असोज ४ गते मंगलवार ।