काठमाडौ । विश्वका सबैभन्दा ठूला जीवन बीमा कम्पनीहरुमध्येको मेटलाइफले नेपालमा आफनो स्थापनाको १५ वर्ष पूूरा गरेको छ। संयुक्त राज्य अमेरिकामा स्थापित कम्पनीको शाखा कार्यालयको रुपमा मेटलाइफ सन् २००१, डिसेम्बर ५ देखि नेपालमा सञ्चालन भएको हो।
नेपालमा संचालित एक मात्र बहुराष्ट्रिय जीवन बीमा कम्पनी मेटलाइफ हो। मेटलाइफले जीवन, दुर्घटना, स्वास्थ्य, कर्जा र कर्मचारी सामूूहिक लगायत विभिन्न प्रकारका बीमा सेवाहरु प्रदान गर्दैआइरहेको छ। मेटलाइफ नेपाल नेपालका ५ अग्रणी जीवन बीमा कम्पनीहरु मध्येको एक हो।
मेटलाइफका प्रमुख जीवन बीमालेखहरुमा फयुचर केयर डी पी एस्,3 Payement Plan, शिक्षा संरक्षण योजना, लाइफ शील्ड,ग्रामीण कर्जा बीमा, कर्मचारी सामूूहिक बीमालेखहरु पर्दछन् । बढीभन्दा बढी मानिसहरुलाई बीमा सुरक्षा तथा सेवा उपलब्ध गराउन ललितपुरको पुलचौकस्थित मुख्य कार्यालय बाहेक देशका विभिन्न शहरहरुमा मेटलाइफका २२ वटा शाखा तथा एजेन्सी कार्यालयहरु संचालनमा छन्।
हाल नेपाल अधिराज्यभरि मेटलाइफका ११५ जना नियमित कर्मचारी र झण्डै ४,००० अभिकर्ताहरु छन् । मेटलाइफले ७ वटा कमर्सियल बैंक तथा २५ वटा माइक्रो फाइनान्स कम्पनीहरुसंग बैंक अस्योरेन्सका लागि सहकार्य गरिरहेको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर १९ गते आइतवार ।