काठमाडौं। दोलखामा विहीवार साँझ भूकम्प गएको छ। माघीको मनमगनमा बसेको दोलखामा साँझ ५ बजेर २५ मिनेटमा भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक राजेश बर्माले पुष्टि गरेअनुसार दोलखाको जुगु केन्द्रविन्दू भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो। यो भूकम्पको धक्का विसं.२०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पकै पराकम्पन हो।

हालसम्म गोर्खा भूकम्पका ४ रेक्टर स्केलदेखि माथिका ५ सय ५० वटा पराकम्पन आइसकेका छन्।
प्रकाशन मिति–२०७७ साल माघ १ गते विहीवार ।