काठमाडौ। नेपालका कमेडी किङ मदनकृष्ण श्रेष्ठको जिन्दगीको त्यो आरोह तथा अवरोहको तहल्कापूर्ण पुस्तकको डिमाण्ड दिनानुदिन भैरहेको छ। यसैक्रममा काठमाडौको न्यूरोडस्थित विशालवजारमा आयोजित कार्यक्रममा केही घण्टामा नै मदनकृष्ण श्रेष्ठको महको म नामक पुस्तक २ सय प्रति भन्दा बढी विक्री हुन सफलता प्राप्त भएको छ।
काठमाडौमा रहेका लायन्स क्लव अफ काठमाडौमा आवद्ध १६ वटा लायन्स क्लवहरुको सक्रियता तथा सहभागितामा भएको महको म पुस्तक हस्ताक्षर कार्यक्रममा उक्त विक्रीको रेकर्ड कायम हुन पुगेको हो।
कार्यक्रममा कमेडी किङ मदनकृष्ण श्रेष्ठको सक्रिय सहभागिता रहेको थियो। कमेडी किङ श्रेष्ठले महको म किन्ने सवैलाई हस्ताक्षर मायाको चिनोको रुपमा प्रदान गरेका थिए।
दशकौ देखि नेपाल र नेपालीको सामाजिक सेवामा सक्रियता जनाउंदै आएको लायन्स क्लबहरुले गरेको यसप्रकारको नयाँ आयामवाट कमेडी किङ मदनकृष्ण श्रेष्ठ पनि अत्यन्त प्रभावित बनेका थिए।
श्रेष्ठवाट आयोजक लायन्स क्लबहरुलाई धन्यवाद व्यक्त गरेका थिए।
प्रकाशन मिति–२०७४ साल कात्तिक १ गते बुधवार ।