काठमाडौ । सन् १६१६ सालतिर बेलायतका बैज्ञानिक विलियम हार्भरले प्राणीमा रक्त प्रवाह हुन्छ भन्ने तथ्य पत्ता लगाएका थिए भने बेलायतकै अर्का बैज्ञानिक डा. रिचार्ड लोअरले सन् १६६५ मा एउटा कुकुरबाट अर्को कुकुरमा सफलतापूर्वक रक्तसञ्चार गराएका थिए। सन् १८१८ मा बेलायतका डा. जेम्स् ल्वेन्डले मर्न लागेको एक बिरामीलाई मानिसको रगत सञ्चार गराउने प्रयास गरे तर सफल भएन। सन् १९०० मा अष्ट्रियाका डा. कार्ल लेन्डस्टेनरले ब्, द्य, ऋ र इ रक्त समूह हुन्छ भन्ने कुरा पत्ता लगाए भने सन् १९१४ मा बेल्जियमका डा. हस्टिनले रगतलाई शरीर बाहिर बोटलमा सोडियम साइटेट रसायनको सहायताले नजम्ने गरी रगत राख्ने तरिका पत्ता लगाएका थिए।
सन् १९३० को भौतिक शास्त्रको नोबेल पुरस्कार समेत प्राप्त गरेका कार्ल लेन्डस्टेनर विख्यात अष्ट्रेलियाली जीव विज्ञान र भौतिकविद्को स्मरणमा उनको जन्मदिनको अवसरलाई रक्तदान दिवस प्रत्येक बर्षको जून १४ मा मनाउने घोषणा गरिएको थियो । सोही अनुसार प्रत्येक बर्षको जून १४ का दिन रक्तदान दिवस मनाउंदैआएको छ। पहिलो रक्तसञ्चार केन्द्रको स्थापना सन् १९१३ मा स्पेनको वार्सिलोनामा भएको थियो भने, नेपालमा वि.सं. २०२३ साउन १२ गते वीर अस्पतालको हातामा लक्ष्मी ब्लड बैंकको नामबाट नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवा सञ्चालन गरेको थियो। पछि त्यसको नाम परिवर्तन भएर केन्द्रीय रक्तसञ्चार केन्द्र भयो। वि.सं. २०३७ सालमा नेपाल रेडक्रस सोसाइटीले आफ्नै भवन प्रदर्शनी मार्गमा रक्तसञ्चार सेवा केन्द्रको नाममा ब्लड बैंकको स्थापना ग¥यो ।
मानिसको शरीरमा रगत बन्ने प्रक्रिया सधैं निरन्तर चलिरहन्छ र रक्तदान गर्दा पनि कुनै हानि–नोक्सानी हुँदैन । यो ठूलो कल्याणकारी कार्य हो । कुनैपनि स्वास्थ्य व्यक्ति जसका उमेर १६ देखि ६० वर्ष बीचको छ र ४५ किलोग्राम भन्दा बढी तौल छ, जसलाई एच.आई.भी., हेपाटाइटिस–बी या सी जस्ता रोग नभएका व्यक्तिले रक्तदान निर्धक्क साथ गर्न सकिन्छ । एक पल्टमा १ प्रिन्ट अर्थात ३ सय ५० एम.एल. रगत दिने गरिन्छ । सोको पूर्ति शरीरमा चौबिस घण्टाभित्र हुने गर्दछ । प्रत्येक स्वस्थ व्यक्तिले ३ महिनामा एक पल्ट रक्तदान गर्न सकिन्छ । महिलाको हकमा चार महिनामा एकपल्ट गर्न सकिन्छ।
नेपालमा पहिलो रक्तदान गर्ने व्यक्ति समाजसेवी दयावीर सिंह कंसाकार हुन् भने हालसम्म सबैभन्दा बढी रक्तदान गर्ने रक्तदातामा प्रेमसागर कर्माचार्य हुन् । कर्माचार्यले हालसम्म १ सय ४३ पल्ट रक्तदान गरिसकेका छन् । प्रत्येक एक प्रिन्टको सरदर ४ सय एम. एल.को हिसाबले पनि कर्माचार्यले दान गरेको मात्रा जोड्ने हो भने ५२.५ लिटर पुगिसकेको छ। १६ बर्षको उमेरदेखि रक्तदान गर्न थालेका रेकर्डेट रक्तदाता कर्माचार्य ५० बर्ष पुगिसकेका छन्। आपतका देवता समेत उपनाम पाएका कमाचार्यको दिनचर्या रगतकै कार्यमा वित्ने गरेको छ। मध्याह्न होस् या मध्यरात, साधारण दिन होस् या चाडपर्व, रगत मिलाइदिनुप¥यो भनेर कर्माचार्यलाई फोन नआएको कुनै दिन हुँदैन । रगतको हाहाकार भएको बेलामा त्यस्तो फोनकल एकसय भन्दा बढी नाँघ्ने गरेको छ। सवैको समस्या समाधान गर्ने कार्य कर्माचार्यबाट भएको छ।
कमाचार्य भन्छन्–“खुसीको कुरा ! त्यसरी मलाई फोन गर्ने व्यक्तिलाई आज रगत मिलाउन सकिएन है भनेर रित्तो हात फर्काउनुुपरेको छैन् । अधिकांश फोन ब्लड बंैकमा पुगी रगत नपाएपछि विकल्पका रूपमा आउने गर्छन् । यद्यपि कतिपयले ब्लड बैंकमा सोध्दै नसोधी सीधै मलाई नै फोन गरी रगत खोज्ने पनि गरेका छन् । ब्लडबंैकले सधैँ छैन भन्छ । त्यसैले सुरुमै तपाईंसँग सहयोग लिन खोजेको भन्छन् । त्यस्ता व्यक्तिलाई मैले सधैँ एकपटक ब्लड बैंक गएर त सोध्नुस् भन्ने गरेको छु।”
त्यसरी सोध्दापनि ब्लड बैंकले उपलव्ध नगराएमा कर्माचार्य आधारातमा भएपनि सक्रिय भएर उनी आवद्ध नेपाल स्वयम्सेवी रक्तदाता समाजको सन्जाललाई प्रयोग गर्ने गर्दछ। समाजमा आवद्ध नेपालभरका ४ हजार स्वयम्सेवी रक्तदाता साथीहरुको सहयोग लिएर भनेको रगत निःशुल्क मिलाइदिने सामाजिक कार्य गर्नमा उनी रमाइरहेका छन्। यस कार्यमा कर्माचार्यको पिता प्रेमपूर्ण कर्माचार्य देखि पत्नी माया दुलाल कर्माचार्य सहित परिवारका सवैले उनलाई उनको यस पूण्यकार्यमा सहयोग पु¥याउने कार्य गर्दैआएका छन्।
रक्तदाता कमाचार्य विगत संझ्दै भन्छन्–“ब्लड बैंकको इतिहास नेपालमा वि.सं.२०२३ सालवाट भएको हो। नेपालको पहिलो ब्लड बैंकका रुपमा लक्ष्मी ब्लड बैंक स्थापना भएको थियो । त्यतिखेर स्वयंसेवी रक्तदाताको अभाव थियो । रगत दान गर्नुपर्छ भन्ने चेतना नै थिएन । त्यसवेलाका नियमित रक्तदाता भनेका असन, इन्द्रचोक, न्युरोडलगायत स्थानमा काम गर्ने भरिया तथा ठेलागाडा चलाउने मजदुर थिए । उनीहरू ब्लड बैंकअगाडि आएर बस्थे । रगत चाहिने बिरामीका आफन्तले पैसा तिरेर दान गर्न लगाउँथे र रगत लिएर जान्थे । त्यसवेला पनि मजदुरहरूले एक पिन्ट रगतको एक सयदेखि तीन सय रुपैयाँसम्म लिने गर्थे । त्यो बेला उक्त रकम निकै ठूलो र महँगो मानिन्थ्यो ।”
कर्माचायए अगाडि भन्छन्–“भरिया–मजदूरहरूले महिनौ लगाएर कमाउने रकम एकै क्षणमा आउने भएपछि आफ्नै रगत पैसा लिएर बिक्री गर्थे वा भनौ सशुल्क दान गर्थे । तर, आममानिसको चेतनास्तर बिस्तारै बढ्दै गयो । रगत खरिद–बिक्री गर्ने वस्तु होइन, यो मानव जीवन बचाउने अमूल्य वस्तु हो भन्ने ज्ञान हुन थाल्यो । मानिसहरू निःशुल्क रक्तदान गर्न तयार हुन थाले । यस्ता स्वयंसेवी रक्तदाताको संख्या बिस्तारै बढ्दै गयो । स्वयंसेवी रक्तदाताको संख्या बढ्दै जाँदा रगतबारे नियमन गर्न सरकारमाथि दबाब बढ्दै गयो । सोही कारणले सरकारले वि.सं. २०३८ सालदेखि रगत बिक्री वितरणलाई अवैध घोषण ग¥यो।”
कमाचार्य गंभीर बन्दै भन्छन्–“रगतको किनबेच गर्नु हुँदैन भन्ने अभियानमा म स्कुले विद्यार्थी हुँदादेखि नै सरिक हुँदै आएको थिएँ । त्यसमाथि सरकारले समेत नीतिगत रूपमै पैसा लिएर दान गर्न पाइँदैन भनेपछि मजस्ता स्वयंसेवी रक्तदाताको अभियानलाई झन् गज्जब भयो। स्वतःस्फूर्तरुपमा म यस सामाजिक कल्याणकारी कार्यमा निरन्तर लाग्दैआए । बाँचुन्जेल यस पूण्यकार्यमा म लाग्नेछु।”
नेपाल स्वयम्सेवी रक्तदाता समाजको अध्यक्ष समेत रहेका कर्माचार्यको प्राइभेट लाइफ भन्ने नै छैन्। कतिखेर कसलाई रगत उपलव्ध गराउनुपर्दछ भनेर हरसमय अलर्ट भएर बस्ने उनको नियमित दिनचर्या नै हो। कहिले विहान सवैरै हिड्ेको मान्छे कहिलेकाही आधारातमा मात्र आउने र प्राय समय आधारातमा नै उठेर गएर आपतमा परेका विरामीलाई रगत उपलव्ध गराउने कार्यमा उनी लागिरहेको पाइन्छ।
यसक्रममा रगतको अभावबाट हजारौलाई मर्नबाट बचाउने कार्य कर्माचार्यबाट भएको छ। जसको लेखाजोखा गर्ने कार्य उनीवाट कहिले पनि भएको छैन्। पाउनुमा भन्दा मज्जा दिनुमा नै रहेको बताउने कर्माचार्य रक्तदान कार्यमा नै फूलटाइमर भएर लागिपरेका छन्। यस कार्यमा लागेर आत्मिक रुपमा निक्कै संतुष्टि पाएको बताउने कर्माचार्यले हालसम्म टाउको दुख्यो भनेर एउटा सिटामोल पनि खानुपरेको छैन्। कुनैपनि प्रकारको रोग उनमा रहेको छैन्। नियमित रक्तदानले गर्दा नै आफू स्वस्थ हुन सफल भएको सफलताको रहस्य पनि उनले बताएका छन्। यस कार्यमा हाल परिवारका सवै लागिपरेकोले अझ सरल र सजिलो बनेको उनले भनेका छन्।
प्रकाशन मिति–२०७२ साल फागुन ९ गते आइतवार ।