काठमाडौं। कोरोनाभाइरस संक्रमणको कारण विद्यमान जारी लकडाउनले गर्दा सवैतिर समस्या भैरहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ऋणी ग्राहकहरुलाई ब्याज छुट दिन थालेका छन्।
चैतभित्र साँवाब्याज तिर्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याज छुट दिन थालेका हुन् । राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्दै बैंक तथा वित्तीय संस्थाले छुट दिन थालेको जनाएको छ।
कोरोनाभाइरसको असरबाट प्रभावित भएको भन्दै चैतमा भुक्तानी गर्नुपर्ने साँवाब्याज असारसम्म तिरेपनि हुने व्यवस्था गर्ने निर्णय सरकारले गरेको थियो।
सोही आधारमा चैतसम्म साँवाब्याज भुक्तानी गर्ने ग्राहकलाई ब्याज रकमको १० प्रतिशत छुट दिन राष्ट्र बैंकले गत साता निर्देशन दिएको थियो। प्रकाशन मिति–२०७६ साल चैत २३ गते आइतवार ।