काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेक सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन म्यन्ट काठमाडौंमा आइपुगेका छन्।

बिहीबारबाट काठमाडौंमा सुरु हुने बिमस्टेक सम्मेलनमा भाग लिन आउने राष्ट्रपति म्यन्ट पहिलो विशिष्ट अतिथि बनेका छन्। म्यन्टलाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

यही भदौ १४ र १५ गते काठमाडौमा बिमस्टेकको चौथो सम्मेलन हुँदैछ। यस सम्मेलनमा भाग लिन भारत, श्रीलंका, थाइल्याण्ड, भुटान र बंगलादेशका राष्ट्राध्यक्ष तथा राष्ट्रप्रमुखहरु भदौ १३ र १४ गतेभित्र काठमाडौं आउने भएका छन्।

विदेशी अति विशिष्ट पाहुनाहरुको कारण भदौ १२ गतेदेखि नै काठमाडौ उपत्यकामा सुरक्षा स्थिति र ट्राफिक व्यवस्थामा कडाई गरिएको छ।
प्रकाशन मिति–२०७५ साल भदौ १२ गते मंगलवार ।