नवलपरासी। बामदेव गौतमका लागि दानवीर बनेका काठमाडौं क्षेत्र नंबर ७ का सांसद रामबीर मानन्धरको राजिनामा अस्वीकृत भएको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले सांसद रामवीर मानान्धरको राजीनामा पत्र अस्वीकृत गर्ने निर्णय गरेको हो। राजीनामा स्वीकृत नभएपछि अब वामदेव गौतमले काठमाडौं ७ बाट चुनाव नलड्ने पक्कापक्की भएको छ।

नेकपाका प्रपक्त नारायणकाजी श्रेष्ठका अनुसार अव पार्टी उपचुनावमा नजाने र बामदेव गौतमले चुनाव नलड्ने भएको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक ५ गते सोमवार।