काठमाडौ। लामो समयदेखि नेपाली रंगमंचिय कलाकारितालाई लुकाउंदै आएका रंगकर्मी राजु हमाल दुई दशकपछि रंगकर्ममा फर्कने प्रयासमा रहेका छन्। निकट भविष्यमा जीवनको यथार्थपरक रंगमचिय नाटक खेल्ने तयारीमा रहेका कलाकार हमाल यतिखेर विभिन्न म्युजिक भिडियो तथा फेसन–मोडलिङ्गमा व्यस्त बनेका छन्।
देश र विदेशमा छायाँकन भएका गीतका भिडियोहरुलमा नायक बनेर अभिनय गर्ने कार्यमा व्यस्त हमाल रंगमंचमा त्यो बेला देखाएको कलाकारिताको अनुभवले यतिखेर सवैतिर काम लागेको प्रतिक्रिया व्यक्त गर्छन्.। ३८ बर्षका हमाल कक्षा ४ मा कीर्तिपुरको लेबोरेटरी स्कुलमा अध्ययनरत हुंदा नै नाटक खेलेको अर्झै याद गर्छन्। मार्ग नामक नाटकमा गरी बच्चाको रोलमा हमालले अभिनय गरेको बताउंछन्।
गरीब बच्चाको भूमिकामा सानी बहिनी बोकेर शहर पसेर दुःख गरेको कठिन भन्दा कठिन अभिनयलाई सहज ढंगमा अभिनय गरेको त्यो स्वादिष्ट यथार्थता पस्कदा हमालले निक्कै गौरबताको महशुश गरेका छन्।
अभिनेता बीरेन्द्र हमालको निर्देशनमा मन्चन भएको उक्त नाटक मार्गको मार्ग नै बनेर काम गरेको दुई दशकपछि ताजा गर्न सफल हमालले त्यसपछि कलाप्रेमी श्रेष्ठको निर्देशनमा प्रज्ञाभवनमा आयोजित गाईजात्रे नाटकमा पनि अभिनय गरेका थिए। त्यसपछिका दिनमा भने नचाहेर पनि रंगमंचिय कलाकारितावाट टाढा बसेको बताउने हाल ती क्षणलाई पूर्नरजागरण गर्न फर्केर आएको बताउने हमाल रंगमंचको अभिनय आफूभित्रको कलाकारिताको ज्यान हो भन्न चुक्दैनन्।
चलचित्रको अभिनयमा भन्दा रंगमंचको अभिनयमा ज्यान हुने र यथार्थपरक हुने राय हमालको रहेको छ। यसकारण पनि हमाल चलचित्रको अभिनयलाई भन्दा रंगमंचको अभिनयलाई बढी प्राथमिकता दिन्छन्। सीएनएन फ्याक्सन टच प्लानेट अमेसन, अग्नी एयरलाइन्स, श्रेष्ठ टेलरिङ्ग लगायतका विभिन्न प्रडक्टका फेसन मोडलिङ्ग पनि गरिसकेका हमाल कान्ति सांस्कृतिक केन्द्रका अध्यक्ष पनि हुन्।
वि.सं.२०६६ सालदेखि लगातार अध्यक्षको कार्यभार सम्हाल्दै आएका हमाल कान्ति सांस्कृतिक केन्द्रले नेपाली कला–संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्नुको अलावा स्वास्थ्य, शिक्षा, खेलकुद र सीपमूलक तालिमहरु प्रदान गरेर रोजगार बृद्धि गर्ने कार्यमा सघाउ पुर्याउंदै आएको जिकिर गर्छन्। नेपाल उसु संघको केन्द्रिय सदस्य समेत रहेका हमालले केही दिनअघि मात्र हंगकंगमा त्यहाँको प्रसिद्ध मोडल पेमिला क्षेत्रीसंग एक गीतको म्युजिक भिडियोको छायाँकनका क्रममा मोडलिङ्ग पनि गरेका छन्।
प्रकाशन मिति–२०७२ साल चैत्र १२ गते शुक्रबार ।