काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ३२ कार्यालय, महानगरीय प्रहरी प्रभाग कोटेश्वर, सामुदायिक सेवा तथा विकास समाज एवम् सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर तथा छोरी संस्था र शुभ अवसर ग्राम नेपालको संयुक्त आयोजनामा विशेष अन्तरक्रिया कार्यक्रम भएको छ।

प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोटेश्वर क्षेत्रमा संचालित मनोरञ्जन व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन उक्त अन्तरक्रिया कार्यक्रम भएको हो। जसमा होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको उल्लेखनिय सहभागिता रहेको थियो।

कार्यक्रमको अध्येक्षता काठमाडौं महानगरपालिका वडा नंबर ३२ की वडा सदस्य हिरादेवी पोखरेलवाट भएको उक्त कार्यक्रममा महानगरीय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक उत्तमराज सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो।
प्रकाशन मिति–२०७६ साल साउन १० गते शुक्रवार ।