काठमाडौ। भारतमा ६ दिने राजकीय भ्रमण संपन्न गरेर नेपाल फर्केको लगतै प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको भ्रमण पनि लगभग निश्चित भएको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका अनुसार प्रधानमन्त्री ओलीको चीनको औपचारिक भ्रमण आगामी चैत्र ७ देखि हुने लगभग निश्चित भएको छ।प्रधानमन्त्री ओलीको चीन भ्रमणको बारेमा काठमाडौ स्थित चीनिया दूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई भ्रमणको मितिवारेमा मौखिक जानकारी दिइसकेको समाचार स्रोतको दावी रहेको छ।
काठमाडौवाट प्रधानमन्त्री ओली चैत्र ७ गते सिधै चीनको राजधानी बेइजिङ्ग जाने र त्यसको भोलिपल्ट उच्चस्तरीय भेटवार्ताहरु तथा नेपाल र चीनको व्दिपक्षिय संझौताहरुमा हस्ताक्षर हुने पनि सोही स्रोतले बताएको छ।
प्रकाशन मिति–२०७२ साल फागुन १५ गते शनिवार ।