काठमाडौ। नेपालमा वि.सं.२०७२ वैशाख १२ गते आएको महाभूकम्पवाट ध्वंस्त बनेको काठमाडौको पहिचान तथा परिचय काष्ठमण्डप तीन बर्षपछि बल्ल पूर्नरनिर्माण हुने पहल शुरु भएको छ। ३ नंबर प्रदेश काठमाडौ क्षेत्र नंवर ८ का प्रदेश सभासद राजेश शाक्यको अगुवाईमा पहल शुरु भएको हो।

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष समेत रहेका प्रदेश सभासद राजेश शाक्यले यही वैशाख ३१ गते सोमवार बिहान ९ बजे काष्ठमण्डप मै क्षमा पूजा गर्दै काष्ठमण्डप पुनर्निर्माण कार्यको आरम्भ हुने बताएका छन्। र यस कार्य जनस्तरबाटै गर्नका लागि ५१ सदस्यीय ‘काष्ठमण्डप पुनर्निर्माण समिति’ गठन गरिएको पनि प्रदेश सभासद शाक्यले भनेका छन्।

यो समितिलाई आवश्यक सहयोगका लागि काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शााक्यको अध्यक्षतामा एउटा निर्देशक समिति गठन गरिएको छ। त्यसैगरेर, काष्ठमण्डप प्रति सबैको अपनत्व भावना विकास गर्न समाजका लब्धप्रतिष्ठित व्यक्तिहरूको एउटा संरक्षक समिति पनि गठन गरिएको छ।

३१ गते कार्य आरम्भ भएपछि आगामी साढे ३ वर्ष भित्र मौलिक परम्परागत बिधिद्धारा नै दिगोहुने गरी काष्ठमण्डपको निर्माण सम्पन्न गर्ने योजना राखिएको सभासद शाक्यले भनेका छन्।
प्रकाशन मिति–२०७५ साल बैशाख २८ गते शुक्रबार ।