Mangal Siddhi Manandharकाठमाडौ। नेपालका पूर्वमन्त्री तथा संघीय समाजवादी फोरमका सल्लाहकार मंगलसिद्धी मानन्धरको निधन भएको छ। शुक्रबार ७५ बर्षको उमेरमा विहान काठमाडौको थापाथली स्थित नर्भिक अस्पतालमा निधन भएको हो।

क्यान्सरको उपचार गराइरहेका पूर्वमन्त्री मानन्धरको हृद्याघातको कारण निधन भएको बताइएको छ। बौद्धिक नेताको रुपमा चिनिएका पूर्वमन्त्री मानन्धर नेकपा एमालेवाट राजनीतिमा लागेर एमालेकै कार्यकालमा शिक्षा मन्त्री बनेका थिए। पछि स्वतन्त्र राजनीति गर्दैआएका उनी संघीय समाजवादी फोरमको सल्लाहकार बनेका थिए।
प्रकाशन मिति–२०७३ साल असार १७ गते शुक्रबार ।