काठमाडौ। पहिला पहिला पुरुषमा मुटु सम्बन्धी रोगलाई केवल बुढेशकालको रोग भनिन्थ्यो । पछिल्लो समयमा बदलिँदो जिवनशैली तथा खानपान लगायतका कारण ३० वर्षकै उमेरदेखि नै मुटु सम्बन्धी विभिन्न खाले समस्याले सताइएका पुरुषहरुको संख्या निकै बढिरहेको छ।
यदि समयमै मुटु सम्बन्धी रोगको पहिचान गरी त्यसको उपचार सुरु गर्नेहो भने हृदयाघात लगायतका जटिल समस्याबाट बच्न सकिन्छ । मुटुरोगका प्रारम्भिक लक्षणलाई नजरअन्दाज गर्नेहो भने नतिजा प्राण्घातक हुनसक्छ । त्यसैले पुरुषमा मुटु सम्बन्धी रोगका यी ७ लक्षण देखिएमा कदापि नजरअन्दाज नगर्नुस् र शिघ्र चेकजाँच गराइहाल्नुस्। मुटुरोगको लक्षण यसप्रकार रहेको छ–
१. थकानः थोरै काम गरेपछि पनि थकाइ महसुस हुने, कमजोरी हुने र स्वास फूल्ने समस्या छ भने त्यो मुटुरोगको लक्षण हुनसक्छ ।
२.धेरै पसिना आउनेः सधै मन डराउने र जिउबाट धेरै पसिना निस्किने गर्दछ भनेपनि होसियार हुनहोस्।
३. एसिडिटीः लगातार धेरै दिनसम्म पेट खराब हुने र एसिडिटीको समस्या हुनु पनि मुटुरोगको लक्षण हुनसक्छ ।
४.गर्दन तथा काँध दुख्नुुः जिउमा रक्तसंचार राम्रोसँग नहुनाले गर्धन तथा काँधमा दुखाइ बढ्दछ । यो पनि मुटुरोगको संकेत हुनसक्छ ।
५.छाति दुख्नुः लगातार धेरै दिनसम्म छातिको माथिल्लो भाग दुख्नु र पसिना आउनु मुटुरोगको संकेत हुनसक्छ ।
६.छाला पहेँलो हुनुः विस्तारै छाला पहेँलो हुँदै जानु पनि मुटुरोगको लक्षण हुनसक्छ ।
७.उच्च रक्तचापः रक्तचाप उच्च भइरहँदा प्रायः मुटुरोगको जोखिम बढ्न सक्दछ ।
प्रकाशन मिति–२०७३ साल मंसीर ३० गते विहीवार ।