काठमाडौ। पुरुषको वीर्यमा सुन लुकेर रहेको हुन्छ भन्ने कुराको खुलासा भएको छ। बैज्ञानिहरुको अनुसन्धानले पुरुषको वीर्यमा सुन हुने गरेको तथ्यलाई प्रमाणित गरेर त्यसलाई सार्वजनिक गर्ने कार्य भएको छ।
करीब २० वर्षदेखि भइरहेको अनुसन्धानबाट वैज्ञानिकले पुरुषको वीर्यमा सुन भएको दाबी गरेका हुन्। अनुसन्धान केन्द्र इन्टरनेशनल जर्नल अफ आयुर्वेद रिचर्स (आइजेएआर)का डाक्टर केपी स्कन्दनको नेतृत्वमा भएको अनुसन्धानबाट पुरुषको स्पर्म सेल्समा सुनको मात्रा १७.६६ माइक्रोग्राम पर डेसिलिटर अर्थात् एक लिटर पुरुषको वीर्यमा १७.६६ माइक्रोग्राम सुन रहेको हुन्छ।
डाक्टर स्कन्दनले भनेका छन्,– #पुरुषको वीर्यमा सुन कम हुनु वा नहुनुले उसलाई नंपुसक बनाउन सक्छ।# आयुर्वेदिक ग्रन्थमा सो कुरा उल्लेख भएको पढेपछि डाक्टर स्कन्दनको टोलीले लामो समय अनुसन्धानमा खर्चिएको थियो। लामो अनुसन्धानबाट यसको प्रमाण पत्ता लगाउन उनीहरु सफल भएका हुन्।
यो अनुसन्धानको निष्कर्षपछि अब सुन खाली गहनाको रुपमा लगाउने मात्र नभई बच्चा जन्माउन पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने प्रमाणित गरिदिएको छ। (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल माघ २२ गते शनिवार ।