काठमाडौं। भारतले नेपाली भूमि कालापानी लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडक निर्माण गरेर त्यसको उदघाटन समेत गरेकोमा सर्वत्र विरोध भैरहेको छ।

यसक्रममा स्वर्गिय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले पनि विज्ञप्ति जारी गरेर विरोध जनाएको छ। प्रतिष्ठानले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको कहरमा भारतले गरेको उक्त दादागिरीको व्यापक घोर विरोध जनाएको हो।

सामाजिक अगुवा तथा प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालद्वारा हस्ताक्षरित जारी विज्ञप्तीमा भारतीय पक्षले नेपालको भूमि हुँदै चीन जाने बाटो बनाउनु र आफ्नो नेपालको भूमिमा भारतले सडक निर्माण गर्दासम्म पनि नेपाल सरकारले चाल नपाए झै गरि बस्नु दुःखद भएको उल्लेख गर्दै नेपाल सरकारले अबिलम्ब कुटनितिक पहल मार्फत नेपालको भूमिलाई फिर्ता गराउन तर्फ लाग्नुपर्ने औल्याईको छ।

साथै प्रतिष्ठानले बाबुबाजेले वीरतापुर्वक जोगाएको भूमिलाई सम्पूर्ण नेपाली जनताले एक ढिक्का भएर भूमि रक्षाको अभियानमा जुटन हार्दिक आव्हान समेत गरेको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख २८ गते आइतवार ।