काठमाडौं। नेपालमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रति तोला ६५ हजार रुपैयाँ पुगेको छ। बुधवारदेखि लगातार दैनिक हजार रुपैयाँ सुनको मूल्य बढेको छ।

महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले शुक्रबारको मूल्य अहिलेसम्मकै बढी भएको बताए। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजार प्रभावित भएको हो। विहिबार सुनको मूल्य २५ डलर बढेर प्रतिऔन्स १ हजार ४ सय ५ अमेरिकी डलर कायम भएको छ। अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्वका कारण लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन्।

सुनको मूल्य बढेपछि बिक्रीमा भने कमी आएको छ। शाक्यका अनुसार दैनिक २० किलो सुन बिक्री हुने गरेकोमा हाल घटेको छ। खरिद गर्नेको संंख्या भन्दा विक्री गर्न आउनेका संख्यामा व्यापक बृद्धि भएको छ।
प्रकाशन मिति–२०७६ साल असार ७ गते शनिवार ।