काठमाडौ। फेसबुकमा नक्कली आइडी बनाएर त्यो पनि बेलायतीका नाममा प्रोफाइल तयार गरी नेपालका विभिन्न व्यक्तिलाई ठगी गर्ने तीनजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ।
मोरङ उर्लाबारी घर भई हाल बूढानीलकन्ठ नगरपालिका–१० बालुवाखानी बस्ने पवन न्यौपाने, भोजपुर हतुवाघडी गाउँपालिका–७ का सन्तोष बस्नेत र मोरङ, सुन्दर हरैंचा–६ का प्रदीप सुब्बालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
बेलायतीको नाममा फेसबुक बनाई बहुमूल्य सामान, बेलायती पाउन्ड तथा अमेरिकी डलरसमेत पठाइदिन्छु भन्ने र सो सामान भारतको राजश्व कार्यालयमा रोकिएको र उक्त सामान प्राप्त गर्न भारत सरकारको नियमानुसार विभिन्न कर तिर्नुपर्ने भनी आइएमीमार्फत रकम पठाउन लगाई विभिन्न व्यक्तिबाट रु एक करोडभन्दा बढी ठगी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बताएको छ।
उनीहरुले भरत कार्की, सीमा गुरुङ, सुनिमाया गुरुङ, हिमा माझी, सन्तोष बस्नेत र टंकमाया कार्कीका नाममा कोही कसैलाई फोन वा फेसबुकमार्फत ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रकाशन मिति–२०७४ साल असोज ३० गते सोमवार ।