काठमाडौ। नेपालको हस्पिटालिटी क्षेत्रमा २८ बर्षको कान्छो उमेरमा नै तहल्कापूर्ण विश्वप्रसिद्ध वल्र्डवाइड हस्पिटालिटी अवार्ड इन बेस्ट प्रोफेसनल सक्सेस २०१६ अवार्ड जितेका चिफ एक्ज्युकेटिभ सेफ महेशराज ढकालले अर्को नयाँ आयाम थपेका छन्।
ढकालको चाहना र सोच अनुसार नेपालमा ढकाल अध्यक्ष रहेको हस्पिटालिटी फाउन्डेशन अफ नेपालले आयोजनामा पहिलो पल्ट नेपालमा हस्पिटालिटी अवार्ड प्रदान गरेर नयाँ आयाम थपिदिएको हो।
नेपालका संस्कृति पर्यटन तथा नागरिक उडडयन राज्य मन्त्री परशुराम तामाङ्गलाई नेपालको पर्यटन क्षेत्रमा विशिष्ट योगदान दिने पर्यटन व्यवसायीहरुलाई उक्त अवार्ड प्रदान गरेर नेपालको पर्यटन क्षेत्रमा नयाँ पहिचान राख्ने कार्य ढकालवाट भएको छ।
आठ विधामा आठजनालाई उक्त अवार्ड प्रदान गरिएको हो। जसमा इनोभेटिभ सेफ अफ दि एयरवाट कुमार चालिसे, हस्पिटालिटी इन्टरपनरवाट राजेन्द प्रसाद त्रिपाठी , गेस्टोनमि अवार्डवाट सुरेश चन्द्र बस्नेत, बेस्ट रेस्टुरेन्ट इन पोखरावाट डुङ्गा रेस्टो एण्ड लन्ज बार वाट राजेश गुरुङ्ग, वेस्ट बुटिक होटलवाट अप्सरा बुटिक होटल ठमेलका रमेश नापित, वेस्ट ट्राभल एण्ड टुर वाट हिमालयन डिस्कोभरी नेपालका एलेक्स नेपाल (सुरेश लम्साल), राजेश फुयाँललाई म्यानेजर अफ थे एअर अवार्ड, र वेस्ट एयर होस्टेस एकेडमी अवार्डबाट फल्याइटेक इन्टरनेशनलका नाजिर हुसैनलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।
यस हस्पिटालिटी अवार्ड नेपालको हस्पिटालिटी क्षेत्रमा नै पहिलो भएको ढकालले दावी गरेका छन्। यसप्रकारको अवार्ड कार्यक्रम निरन्तर गर्दैजाने र नेपाल सरकारले गर्नुपर्ने कार्य आफूहरुले गरेको जिकिर गरेका छन्।
पर्यटन प्रवद्र्धनमा युवाको भूमिका विषयक अन्तक्रिया तथा हस्पिटालिटी अवार्ड २०७३ कार्यक्रम मार्फत नेपालको पर्यटन क्षेत्र राष्ट्रिय मेरुदण्डको रुपमा रहेका युवावर्गलाई अघि सार्दै सानो लगानीबाट ठूलोरुपमा युवा परिचालित गर्दै मनग्य प्रतिफल, पर्यटन, सभ्यता, संस्कृतिको समस्या र युवा स्वरोजगारलाई यस अवार्डले प्रोत्साहन दिएको भनाई ढकालको रहेको छ।
२८ बर्षको उमेरमा नेपालको फाइभ स्टार होटल सांग्रिलामा चिफ एक्ज्युकेटिभ सेफ बन्न सफल ढकालले नेपाली फुडको डेभलप र प्रमोसनमा अतुलनिय योगदान दिदै आएका छन्। हाल ढकाल डिरेक्टोर अफ कुलिनरी होटेल म्य्स्टिक् माउन्टेन नगरकोटमा कार्यरत रहेका छन्।
प्रकाशन मिति–२०७३ साल चैत्र २७ गते आइतवार ।