काठमाडौ। नेपालमा पहिलो पल्ट हस्पिटालिटी म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुलाई टार्गेट गरेर कलेज सेफ आइकन कन्टेष्ट हुने भएको छ। सगतानी एक्जिमको प्रस्तुति तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानसंगको सहकार्यमा स्नेहा ट्राभल्स मिडियाले यस कलेज सेफ आइकन गरिन लागेको हो।
कलेज सेफ आइकन नेपाल २०१८ नामांकरण गरिएको यस कन्टेष्टमा बि.एच.एम तथा डि.एच.एम.मा अध्ययनरत विद्यार्थीहरु वीच नेपाली तथा विदेशी खाना बनाउने प्रतियोगिता हुने भएको काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ। प्रतियोगिताको अडिसन यही आउने जेष्ठ १५ गतेवाट हुने र नेपाल टेलिभिजनमा त्यसको राष्ट्रिय प्रसारण जेष्ठ १९ गतेवाट प्रसारण हुने जनाइएको छ।
नेपाल टेलिभिजनमा प्रत्येक हप्ताको शनिवार दिउंसो ३ बजेदेखि ४ बजेको समयभित्र कार्यक्रम प्रसारण हुने भएको छ। प्रतियोगिताको फाइनल एपिसोड २०७५ असार ३० गते प्रसारण हुने भएको छ। कुल ७ भागको एपिसोडमा २ एपिसोड अडिसन राउण्ड, १ एपिसोड राउण्ड र बीचका अन्य राउण्डहरु समेटिने बताइएको छ।
कन्टेष्टमा नेपाली हेरिटेज खाना,आदिवासी खना, कन्टिनेन्टल तथा इटालियन खाना, इण्डियन खना, चाइनिज खानाहरु हुने छन्। सुरेशचन्द्र बस्नेत, सूर्यकिरण श्रेष्ठ, श्रीराम अधिकारी, लक्ष्मणप्रसाद भण्डारी,डा.संजय जम्मल, युवराज पोखरेल र कृष्णकाजी बस्नेत लयातका विशिष्ट सात सदस्यीय सेफहरु निर्णायक रहने भएको छ।
कार्यक्रम निर्देशन विनोद ओझावाट हुने भएको जनाइएको छ। कार्यक्रममा हिसान नेपालका रमेशकुमार सिलवालले सेफको भूमिका अत्यन्त महत्व रहेको र यस कन्टेष्टले कलेजमा अध्ययनरत भावी सेफहरुको लागि प्रेरणा तथा ऊर्जा हुने दावी गरेका छन्। प्रकाशन मिति–२०७५ साल बैशाख २४ गते सोमवार ।