काठमाडौ। नेपालमा पनि अव नियमित रुपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्नेले घरमै अध्ययन गरेर पिएचडीसम्मको डिग्री लिन पाउने भएका छन् ।
पहिलोपटक स्थापना भएको नेपाल खुला विश्वविद्यालयले अब प्रविधिको प्रयोग गरी डिप्लोमादेखि पिएचडिसम्मको डिग्री दिने भएको हो।
खुला विश्वविद्यालयको सोमबार बसेको प्राज्ञिक परिषद बैठकले डिप्लोमा, पोस्टग्राजुयट डिप्लोमा, मास्टर्स, एमफिल र पिएचडीसम्मका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
प्राज्ञिक परिषदका सदस्य एवं शिक्षाविद प्राडा मनप्रसाद वाग्लेले खुला विश्वविद्यालयले सञ्चालन गर्ने कार्यक्रम परिषदबाट निर्णय भएको र २४ माघमा बस्ने सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने बताएका छन्।
प्रकाशन मिति–२०७४ साल माघ १७ गते बुधवार ।