काठमाडौं। नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’का हेल्लो जिन्दगी बेलायत निवासी अभिनेता तथा निर्माता बिक्रम डि जोशी नेपाल आएका छन्। आफूव्दारा निर्मित चलचित्र ‘हेल्लो जिन्दगी’ को प्रमोसन प्रोग्रामका लागि चारबर्ष पछि नेपाल नायक जोशी नेपाल आएका हुन्।

 

काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पञ्चकन्या राखेर नायक जोशीको स्वागत गरिएको थियो भने, जोशीका भिनाजु प्रसिद्ध बैंकर किशोर महर्जन लगायत चलचित्र ‘हेल्लो जिन्दगी’का निर्देशक, कलाकारहरुको विमानस्थलमा उपस्थिति थियो।
चैत्र १८ मा प्रदर्शन हुने ‘हेल्लो जिन्दगी’ मा अभिनेता जोशी प्रमुख भूमिकामा छन् । उनले करिब चार बर्षपछि यही फिल्मको प्रमोशन तथा रिलिजका लागि आफू मातृभूमि फर्किएको बताए ।

हरेक कोणबाट फिल्म गुणस्तरिय बनेकाले आफू निकै आशावादी रहेको उनले सुनाए । बिक्रम पत्नी तथा ‘हेल्लो जिन्दगी’ की निर्मात्री हिराल जोशीले कन्टेन दह्रो रहेकाले दर्शकले फिल्म मन पराउने बिश्वास ब्यक्त गरिन्। पछिल्लो समय प्रचारप्रशारमा खरो रुपमा उत्रिएको ‘हेल्लो जिन्दगी’ मा बिक्रमका साथमा प्रियंका कार्की,विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्,सबिता गुरुङ,सनमकुमार बैराग,बिभिया श्रेष्ठ,जानकी पन्त (जुन),ध्रुव दत्त,कुमुद पन्तलगायतको अभिनय छ।

सत्य घटनाबाट प्रभावीत फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन्।
प्रकाशन मिति–२०७८ साल चैत ४ गते शुक्रवार ।