काठमाडौ। एनआरएन जीवा लामिछाने संरक्षक रहेको खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गरिने पदमश्री पुरस्कार उपन्यासकार नीलम कार्की निहारिकालाई दिने भएको छ।
प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उपन्यासकार निहारिकालाई चिरहरण नामक उपन्यासको लागि वि.सं.२०७२ सालको उक्त पदमश्री पुरस्कार दिइन लागेको हो। पुरस्कार नगद २ लाखको रहेको छ।
त्यसैगरेर, वि.सं.२०७२ सालकै पदमश्री साधना सम्मान बरिष्ठ साहित्यकार बैरागी काइँलालाई प्रदान गरिने भएको छ। सम्मानको राशी पनि नगद २ लाख नै रहेको छ। दुवै पुरस्कार र सम्मान आगामी दशैंको कोजाग्रत पूर्णिमाका दिन दुवै स्रष्टालाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ १९ गते आइतवार ।